वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन उद्घाटन , “जग्गा दाता सम्मानित
भक्ती रिजाल
सर्लाही ।सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय, स्वास्थ्य चौकी तथा बिन्दाबासिनी सामुदायिक भवनको आज भिन्ना भिन्नै कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
सर्लाही क्षेत्र नम्बर ३ का सांसद तथा पुर्ब रक्षा मन्त्री हरि उप्रेतीले पानसमा बत्ती बालेर वडा कार्यालय भवनको उद्घाटन गरेका थिए भने स्वास्थ्य चौकी तथा बिन्दाबासिनी सामुदायिक भवनको पनि आजै उद्घाटन गरिएको थियो ।
जग्गा प्रदान गर्ने स्थानीय समाजसेबी हरिदेब महतो तथा नन्दकिशोर कुशवालाई प्रमुख अतिथि हरि उप्रेतीले दोसल्ला ओढाएर सम्मान गरेका थिए
कुशवाहा र महतोले प्रदान गरेको ४ कट्ठा जमिनमा वडा कार्यालय भवन निर्माण गरिएको छ ।
त्यसैगरि स्वास्थ्य चौकीका लागि जग्गा प्रदान गर्ने जग्गा धनी स्वर्गीय कुलध्वज पाख्रीनकी श्रीमती लक्ष्मीकुमारी तामाङ्नीलाई पनि प्रमुख अतिथि उप्रेतीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
आजै गणेश मन्दिरमा रहेको बिन्दाबासिनी सामुदायिक भवनको पनि उद्घाटन गरिएको थियो ।
वडा नम्बर ७ का वडा अध्यक्ष निरध्वज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हरि उप्रेतीले सम्बोधन गरेका थिए भने बिशिस्ट अतिथि सर्लाही क्षेत्र नम्बर ३ “क”का माननीय जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, नेकपा एमाले जिल्ला उपाध्यक्ष बिदुर प्याकुरेलले पनि सम्बोधन गरेका थिए ।
त्यसैगरी नेपाली काँग्रेसका नगर सभापति रामशरण उप्रेती, नेकपा माओबादी (केन्द्र)का नगर अध्यक्ष अर्जुन पन्त, हरिवन नगरपालिका वडा नम्बर २का वडा अध्यक्ष अर्जुन योन्जन लगायतले सम्बोधन गरेका थिए ।