५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गरुडा नगर प्रमुख जैसवालले छठ पूजाको लागि आवश्यक सामग्रीहरु गरे वितरण  – Nigrani Today
ताजा खबरधर्म दर्शनप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

गरुडा नगर प्रमुख जैसवालले छठ पूजाको लागि आवश्यक सामग्रीहरु गरे वितरण 

आवश्यक सामग्रीहरु गरे वितरण 

प्रदीप कुमार दास, रौतहट ।

कार्तिक १७ गते, शनिबार ।

रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले विभिन्न वडामा रहेका अति गरिब, विपन्न तथा सामाजिक रूपमा पछि परेका परिवारका छठ व्रतालु महिलाहरुलाई पूजाको लागि आवश्यक सामग्री वितरण गर्नुभएको छ।उहाँले चुनाव अघि नै जनताको विभिन्न चाडपर्व तथा धार्मिक कार्यमा सक्रियता देखाउनुभएको थियो र हरेक वर्ष झै यो वर्ष पनि नगर प्रमुख जैसवालले विशेष पहल गर्दै गरुडा नगरपालिकाका विभिन्न वडामा छठ पूजा ब्रतालुहरूलाई यस पर्वमा आवश्यक पर्ने दौरा, सुपली र साडी सेट वितरण गर्दै छठ पर्व मनाउनका लागि आर्थिक समस्यामा रहेको विपन्न वर्गका महिलाहरुलाई सहयोग पुर्‍याएका छन्।

पहिलो दिनमा वडा नं. ८ जिंगडिया बिर्ताका २५० भन्दा बढी अति गरिब र विपन्न व्रतालु महिलाहरुले उक्त सहयोग प्राप्त गरे। यसअघि, वडा नं. १ जयनगरमा १६० छठ व्रतालु महिलाहरुलाई यस्तै सामग्री वितरण गरिएको थियो। नगर प्रमुख जैसवालले निर्वाचित हुनु अघि पनि प्रत्येक वर्ष छठ पर्वका अवसरमा गरिब व्रतालु महिलाहरुलाई पूजाको सामग्री उपलब्ध गराउँदै आएका थिए र यो परम्परालाई कायम राख्दै अब जनताका समस्यालाई आत्मसात् गर्दै सहानुभूति देखाइरहेका छन्।

नगर प्रमुख जैसवालले अभियानको शुभारम्भ गर्दै भन्नुभयो, “छठ पर्व हाम्रो संस्कृति र परम्पराको महत्वपूर्ण अंग हो। यसका लागि आवश्यक सामग्री जुटाउन आर्थिक कठिनाइ झेलिरहेका परिवारहरुलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ।” उनले यस सहयोग अभियानमार्फत नगरका गरिब परिवारहरुलाई राहत पुर्‍याउने उद्देश्य राखेको बताउनुभयो।

स्थानिय वासिन्दाहरुले नगर प्रमुख जैसवालको यस सामाजिक सेवाप्रतिको लगाव र प्रतिबद्धताको उच्च प्रशंसा गर्दै आभार व्यक्त गरेका छन्। साथै, उनले भोलि आइतबार बाँकी अन्य वडाका व्रतालु महिलाहरुलाई पनि सामग्री वितरण गर्ने योजना रहेको जानकारी दिनुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button