५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रधानमन्त्री ओली सत्ता र सडकबाट आतंक मचाउन खोजे–प्रभु साह – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

प्रधानमन्त्री ओली सत्ता र सडकबाट आतंक मचाउन खोजे–प्रभु साह

जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शिर्ष नेताहरुको राजनीतिक संयन्त्र दलतन्त्रको भद्धा मजाक भएको टिप्पणी गरेका छन् । कांग्रेस र एमालेले गठन गरेको राजनीतिक संयन्त्रलाई उनले संयन्त्र नभई षडयन्त्र र भ्रष्टाचारलाई संस्थागत गर्न बनाइएको ‘जालझेल कमिटी’ भएको आरोप लगाएका छन् ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज धनुषा जिल्लाको सबैला बाजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले लोकतन्त्रलाई सिद्धयाउनका लागि कांग्रेस र एमालेले संयन्त्रको नाममा षडयन्त्र सुरु गरेको बताए ।

‘लोकतन्त्रका लागि लडेको पार्टीमा अहिले निरंकुशता छ । निश्चित व्यक्तिको स्वार्थका लागि पुरै पार्टी सत्ती जानुपर्ने किन ? लोकतन्त्र नै खतरामा छ, यो दलीयतन्त्रले भ्रष्टाचार, मनोमानी, बेथिति, कुशासन बढाएको छ’ आजपा अध्यक्ष साहले भने, ‘दुई ठुला दल मिलेर सरकार गठन गर्नुको उदेश्य नै भ्रष्टाचारी जोगाउँने, अपराधीलाई संरक्षण गर्नका लागि हो । हैन भने गिरिबन्धु, ललिता निवास, टेरामक्स, वाईडवडी लगायतका ठुलाकाण्डका भ्रष्टलाई यो सरकारले कारवाही किन नगरेको ? भ्रष्टाचारीलाई कारवाही गर्न कसले रोकेको छ ?’

अहिले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर, सिमावर्ती क्षेत्रमा सरकारले निजिसम्पती लुट्ने काम बढदै गईरहेको बताउदै उनले सरकारले मुलुकमा आतंक मचाएको आरोप लगाए ।

भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्नका लागि बनेको वर्तमान सरकारको नेतृत्व गरिरहेको एमाले अहिले सत्ता र सडकबाट आतंक मचाएको आरोप लगाए । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताका लागि काम गर्नुको साटो तर्साउने, डराउने, आतंक मचाउन सडकमा प्रदर्शन गर्न लागेको बताए ।

एमालेको सडक प्रदर्शन सत्ताको उन्मादको प्रहसन भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री नै सडक प्रदर्शनमा उत्रिनु भनेको लोकतन्त्रको उपहास भएको टिप्पणी उनले गरे । ‘सरकारले सडकबाट काउण्टर गर्ने जुन स्थिति निर्माण गरिरहेको छ त्यो भनेको बच्चालाई कुट्ने र रुन पनि नदिने कुरुरता हो’ आजपा अध्यक्ष साहले भने ।

जनादेश विपरित नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकार गठन गर्नु दुनियामा कही नभएको जात्रा नेपालमा गरिएको उनले बताए । विगतको निर्वाचनमा छुटाछुटै गठबन्धनबाट निर्वाचनमा सहभागि कांग्रेस र एमालेले एकअर्काको सरकार बनाउँने भनेर मत नमागेको तर अहिले मतदाताको भावना विपरित गठबन्धन गरेको उनले बताए ।

‘लोकतान्त्रि मुलुकमा जनताको जनादेश विपरित जाने छुट कसैलाई हुदैन् । जबकी फरक जनादेश पाएका पार्टीको गठबन्धनले अनैतिक रुपमा सरकार चलाईरहेको छ । गत निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासंग मत मागेका दलले मतदाताको भावना विपरित काम गरिरहेको छ । मतदातासंग मत माग्ने बेलामा कांग्रेसले एमालेको सरकार बनाउछौं मलाई मत दिनु भनेन् । एमालेले पनि कांग्रेसको सरकार बनाउँछौं भनेर मत मागेन तर यहाँ मतदातासंग गरेको वाचाविपरित काम भईरहेको छ, यो अनैतिक हो’ आजपा अध्यक्ष साहले भने ।

सप्तरीबाट सुरु भएको आजपाको भ्रष्टाचार बिरुद्ध मधेस यात्रा पाँच दिनसम्म चल्ने छ । भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम मधेसका बिभिन्न जिल्लामा भेला, बैठक, खबरदारी सभा, अन्तरक्रिया, भेटघाट लगायतका कार्यक्रम गर्दै बीरगंज पुगेर समापन हुने आजपाका स्थायी कमिटी सदस्य रबिन्द्र सिंहले जनाएका छन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा हुदै पर्सा पुगेर समापन हुने भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम विशेष गरी हुलाकी राजमार्ग हुदै बिभिन्न कार्यक्रम हुनेछ ।

मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै आएको छ ।

आजपा धनुषा जिल्ला अध्यक्ष रामसागर महासेठको अध्यक्षतामा सम्पन्न ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, बिल्टु यादव, महासचिव त्रिभुवन साह लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button