
सर्लाही ।सर्लाहीको ईश्वररपुर नगरपालिकामा विश्व बाल दिवस मनाइएको छ ।
ग्रामीण नारी उत्थान संघ हरिपुरको समन्वय तथा नारायण माध्यमिक विधालय केशरगंज ईश्वरपुर ६ को आयोजनामा उक्त दिवस मनाईएको छ।
नगर प्रमुख मनोज कुमार आचार्य, ईलाका प्रहरी कार्यलय केशंरगंजका प्रहरी उपरीक्षक उमाकान्त जोशी, विभिन्न वडाका वडा अध्यक्षहर, पंची महतो, रहमत अंसारी, उमेश चौधरी, तिलक लामा, धर्मेन्द्र यादाव,प्रेम थिंग, सुरेन्द्र कार्की, विश्वनाथ सहनी, नारायण माध्यमिक विधालयका प्रधानाध्यापक फणीराज बराल लगायत शिक्षक तथा विधार्थीहरुको उपस्थितिमा विश्व बाल दिवस मनाइएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको छ ।
सन् १९५९ को नोभेम्बर २० कै दिन संयुक्त राष्ट्रसंघको महासभाले बालअधिकार सम्बन्धी घोषणा पत्र स्वीकार गरेको थियो । आमा–बुवा, शिक्षक, नर्स, डाक्टर, सरकारी निकायका प्रमुख, नागरिक समाज, धार्मिक तथा जेष्ठनागरिक समाजका सदस्यले बालअधिकारको पक्षमा भूमिका निर्वाह गर्न सक्ने विज्ञले बताएका छन् ।