५ मंसिर २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुर आँखा उपचार केन्द्रको उदघाटन मंसिर ११ गते हुने – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

ईश्वरपुर आँखा उपचार केन्द्रको उदघाटन मंसिर ११ गते हुने

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिकामा खुलेको आँखा अस्पतालको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्नु हुने भएको छ । ईश्वरपुर नगरपालिका वडा नं.९ गैचरणमा रहेको आँखा उपचार केन्द्रको उदघाटन मंसिर ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गर्नु हुने ईश्वरपुर नगरपालिकाले जनाएको छ ।

उदघाटन पश्चात मन्त्री पौडेल, ईश्वपुर नगर प्रमुख मनोज कुमार आचार्यले करिब १ हजार आँखाको रोगी सँग अन्तक्रिया कार्यक्रम समेत गर्ने नगरपालिकाले जनाएको छ । यसैगरी सोही दिन नगर अस्पतालमा किडनीको समस्या भएको बिरामीको डाइलेसिस सेवा र पाठेघरको अपरेशनको समेत निःशुल्क व्यवस्थापन गरिने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो ।

उहाँले आफुले नगरवासीमा स्थानिय सरकारको अनुभुती गराउन हरेक किसिमको विकास निर्माण कार्य तिव्र गतिमा बढाउने बताउनुभयो । अहिलेलाई स्वास्थ्य ,शिक्षा, कृषी पेसालाई आफुले प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।

नगर प्रमुख आचार्यको छ महिनाको अथक प्रयास पछि ईश्वरपुरमा आँखा अस्पताल खुलेको छ । अस्पताल संचालन भए लगत्तै करिव १ हजार ३ सय ४४ जना स्थानीयले आँखाको उपचार गराएका छन भने दुई सय भन्दा बढीले मोतीयाबिन्दुको अपरेशन गराइसकेका छन। आँखा अस्पताल करिब एक हप्ता अघि खुलेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button