२० मंसिर २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर नगरपालिकामा ५ सय भन्दा बढी किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विउँ वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर नगरपालिकामा ५ सय भन्दा बढी किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विउँ वितरण

सर्लाही । सर्लाहीको हरिपुर रपालिकामा ५ सय भन्दा बढी किसानलाई गहुँको विउँ वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा उक्त बिउ वितरण भएको कृषि शाखा प्रमुख रामगणेश मण्डलले जानकारी दिनुभयो ।

३१ लख ६२ हजारको लागतमा कृषि सामग्री कम्पनी हेटौडा बाट विउ खरिद गरी ९ वटै वडामा वितरण गरिएको छ । विजय जातको गहुँको विउ ३ सय २० बोरा र एन एल ९७१ जातको गहुँको बिउँ ६ सय १० बोरा गरी कुल ९ सय ३० बोरा गहुँको विउँ वितरण गरिएको कृषि शाखा प्रमुख मण्डलले जानकारी दिनुभयो ।

कार्तिक २६ गते देखि विउँ वितरण गर्न सुरु गरिएकोमा हाल सम्म विउ वितरण कार्य सम्पन्न भएको हरिपुरका नगर प्रमुख गोपाल पजियारले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button