५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगर प्रमुख आचार्य सहित विभिन्न व्यक्तिले गरे ईश्वरपुरमा कप्तान पुजा महतोलाई सम्मान – Nigrani Today
खेलकुदताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नगर प्रमुख आचार्य सहित विभिन्न व्यक्तिले गरे ईश्वरपुरमा कप्तान पुजा महतोलाई सम्मान

सर्लाही,६ मंसिर। यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि कप्तान पुजा महतोलाई सम्मान गर्नेको ओइरो लागेको छ । कप्तान महतोलाई भव्य स्वागत गर्नुको साथै नेता, शिक्षक, क्रिकेट खेलाडी तथा विद्यार्थीहरुले सम्मान समेत गरेको छ ।

ईश्वरपुर नगरपालिकाले आज(बिहिवार) कप्तान महतोलाई सम्मान गरेको छ । आज एक कार्यक्रम गरि कप्तान महतोलाई ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यले सम्मान गर्नु भएको छ ।ईश्वरपुर नगरपालिकाको आयोजनामा नारायण माध्यमिक विधालय केशंरगंजको प्रांगणमा कप्तान महतोलाई ३१ हजार नगद सहित नगर प्रमुख आचार्यले सम्मान गरेको छ। नेपाललाई पहिलो पटक आइसीसी महिला यू १९ विश्वकपमा पुर्याउन विशेष भुमिका निर्वाह गरेको भन्दै नेपाली टोलीकी कप्तान महतोलाई नगद सहित सम्मान गरेको नारायण माध्यमिक विधालयका शिक्षक नाथुराम चौधरीले् जानकारी दिनुभयो ।

यसैगरी नारायण माध्यमिक विधालयका प्रधानाध्यापक फणीराज बरालले कप्तान महतोलाई कप दिएर सम्मान गर्नुभएको छ ।
त्यसै गरी पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, नारायण मा.वि.का शिक्षकहरु तथा विद्यार्थीहरुले पनि कप्तान महतोलाई भव्य सम्मान गरेको छ । राजनैतिककर्मीहरुले दौशाल तथा फुलको माला लगाएर सम्मान गरेका छन भने विद्यार्थीहरुले फुलको गुच्छा लगाएर सम्मान गरेका हुन । यसैगरी क्रिकेटका खेलाडीहरु पनि कप्तान महतोलाई सम्मान गरेको छ । कप्तान महतोलाई सम्मान गर्न हजारौको संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मन्तवय दिनु हुदैँ कप्तान पुजा महतोले कडा मेहनत, परिश्रमले जुन सुकै काम गर्न सफल हुने भएको हुदाँ मेहनत साथ पढन र खेल खेलन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै ईश्वरपुर नगर प्रमुख आचार्यले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद हाम्रा लागि पनि खेलकुद मुल मन्त्र अँगालेर आफुले खेललाई प्राथमिकता दिने गरेको बताउनुभयो । मन्तव्य दिनु हुदैँ उहाले राष्ट्रको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउने मधेशकी चेली पुजा महतोलाई मनोबल बढाउन सम्मान गरिएको बताउनुभयो । यसअघि पनि क्रिकेटर गुल्शन झालाई ईश्वरपुर नगरपालिकाले नगद सहित सम्मान गरेको थियो ।

कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, वडा नं ५ का वडा अध्यक्ष पंची महतो, वडा नं ६ का वडा अध्यक्ष रहमत अंसारी, वडा नं ७ का वडा अध्यक्ष नाथुराम चौधरी, युवा व्यवसायी संतोष झा, दिपेन्द्र साह, समाजसेवी रामचन्द्र महतो, बेचु तिमलसिना, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button