११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
तेल बोक्ने खाली टयांकर आफैं अनियन्त्रित भई पल्टिदाँ दुई जना घाईते – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

तेल बोक्ने खाली टयांकर आफैं अनियन्त्रित भई पल्टिदाँ दुई जना घाईते

सर्लाही,६ कार्तिक । सर्लाहीको बागमती नगरपालिकामा तेल बोक्ने खाली टयांकर आफैं अनियन्त्रित भई पल्टिदाँ दुई जना घाईते भएका छन । घाइते हुनेहरुमा बागमति नगरपालिका वडा नं.४ बस्ने हेम बहादुर मगरको छोरा बर्ष १४ को प्रितम मगर र सोही ठाउँ बस्ने कुमार कार्कीको छोरा .बर्ष १४ को प्रेम कार्की रहेका छन ।

आज बिहान बागमति नगरपालिका वडा नं.४ पुरानो चौकी स्थितमा पूर्व– पश्चिम लोकमार्गमा पूर्वबाट– पश्चिम तर्फ जाँदै गरेको प्र.१–०२–००१ख.८८८७ नं.को तेल बोक्ने खाली टयांकर आफैं अनियन्त्रित भई पल्टेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । टयांकरमा सवार मगर र कार्कीको बागमति मोडेल अस्पताल कर्मैया उपचार पश्चात थप उपचारको लागि मगरलाई बिरगंजमा पठाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button