
सर्लाही,६ कार्तिक । सर्लाहीको हरिपुर नगरपालिका.–७ पचगछियामा धान कुट्ने सेलर मिलमा हात पर्दा एक जना घाइते भएको छ । वडा नं.७ बस्ने बिलट चौधरीको धान कुट्ने सेलर मिलमा वडा नं.–६ बस्ने अतिम मंसुरको छोरा बर्ष १५ को आलम मंसुरको हात मोटरमा पर्न जाँदा उनि घाइते भएका छन । मंसुर आमा सफुल खातुनसँग सेलर मिलमा धान कुटाउन गएको थियो ।