५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हामीले पनि सडकमा मञ्च बनाएर सभा गर्न पाउँनुपर्छ–प्रभु साह – Nigrani Today
ताजा खबरसमाचार

हामीले पनि सडकमा मञ्च बनाएर सभा गर्न पाउँनुपर्छ–प्रभु साह

काठमाडौं ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सडकमा मञ्च बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता फैलाएको टिप्पणी गरेका छन् । काठमाडौंमा प्रदर्शनका साथै अतिव्यस्त दरबारमार्गमा सभा गरेर प्रधानमन्त्री ओलीले अराजकता फैलाएको उनले बताए ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज सञ्चारकर्मीसंगको भेटघाटमा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसंग प्रश्न गर्दै भने, ‘के सडक सभा गर्नका लागि हो ?’ सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सत्तामा भएको बेला सडकमा शक्ति प्रदर्शन कसका बिरोधमा गरेको हो भनेर प्रश्न समेत उनले गरे ।

‘एमालेको यो सडक प्रदर्शन कसको बिरोधमा हो ? सत्तामा बसेर कसलाई देखाउँनका लागि प्रधानमन्त्रीजीले प्रदर्शन गर्नुभएको हो ? यो प्रदर्शन कांग्रेसलाई देखाउनका लागि हो की छिमेकीलाई देखाउन हो ? विपक्षीलाई तर्साउनका लागि हो की ? प्रधानमन्त्रीजीको यो सडक प्रदर्शन बेमौसमी बाजा मात्रै हो’ आजपा अध्यक्ष साहले भने ।

विगतमा पनि एमालेले दरबारमार्गमा यस्तै प्रदर्शन र सभा गर्दै आएकोमा आजपा अध्यक्ष साहले दरबारमार्ग के एमालेको बिर्ता हो भन्दै प्रश्न समेत गरे । कानूनी शासन स्थापना गर्ने, सुशासन कायम गर्ने सरकारले सडकमा आएर अराजकता किन मचाएको होला भन्दै आजपा अध्यक्ष साहले यस्तो अराजक कार्यमा सिंगो सुरक्षाकर्मी ओलीको व्यक्ति पुजामा लागेको भन्दै आफूलाई अचम्म लागेको टिप्पणी गरे ।

‘हाम्रो पार्टीले पनि सडकमा मञ्च बनाएर सभा गर्न किन नपाउने ?’ भन्दै उनले प्रश्न गरेका छन् । सत्तामा बसेर सडकबाट अराजकता फैलाउन नपाउने बताउदै उनले प्रधानमन्त्रीले कानूनी शासनको उपहास गरेको टिप्पणी गरे ।

‘स्थिरता ल्याउने भनेर बनेको सरकार आफै सडक आतंक मार्फत अराजकता फैलाईरहेको छ । सुशासन दिनुको साटो कानूनी शासनको उपहास हो । अरुलाई सडकमा प्रदर्शन गर्न नदिने । आफै सडकमा सभा गर्ने यो पनि ध्रुवे हातिको आतंककै निरन्तरता हो । यस्तै रवैया रहिरहयो भने केपी ओलीको राज्य लुटको आयू छोटो छ’ आजपा अध्यक्ष साहले भने ।

सिंहदरबार र बालुवाटारमा बसेर बालकोट जस्तै तमासा देखाउन नपाईने बताउदै साहले भने, ‘यदी तपाई (ओली)लाई चल्नै गाहरो हो भने प्रधानमन्त्रीजी सिंहदरबारमा, बालुवाटारमा बसेर बालकोट जस्तै तमासा देखाउन पाईदैन् । तपाई बालकोटमा जानुस, बार्दलीबाटै तमासा देखाउनुस् । अति व्यस्त दरबारमार्गमा जनतालाई दुख दिन पाईदैन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button