सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तरगत सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित अमुवा खोला पुलनजिकै आज तीन वटा सवारीसाधन एकै ठाउँमा दुर्घटना भएका छन्।प्रहरीका अनुसार आज (शुक्रबार) बिहान जनकपुरबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ८६३१ नम्बरको यात्रुबसलाई सोही दिसाबाट आँउदै गरेको ना ६ ख १८ ७७ नम्बरको बसले ठक्कर दिएको थियो ।दुर्घटनामा परेर अनियन्त्रित बनेको उक्त बसले सुनसरीबाट कपिलवस्तु जाँदै सडक किनारमा रोकी राखेको लु १ ख ८६७० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा तीन जना घाइते भएका छन्।
घाइते हुनेहरुमा ना ७ ख ८६३१ नम्बरको बसका धनी महोत्तरीको महोत्तरी गाउँपालिका–३, बस्ने ४० वर्षका सिधु कुमार मिश्र र ना ६ ख १८७७ नम्बरको चाँदतारा बसमा सवार महोत्तरीको जलेश्वर नगरपालिका–४, सुगाभवानीपट्टि टोल बस्ने ४८ वर्षकी रेणु देवी कर्ण र उनका छोरा २० वर्षका विधान्शु कर्ण रहेका छन्।घाइतेमध्ये दुवै आमा छोराको अहिले न्यूरो अस्पतालमा वीरगञ्जमा र अर्का घाइते मिश्रको जनकपुरमा उपचार भइरहेको छ।प्रहरीले दुर्घटनामा परेको तीन वटै सवारी नियन्त्रण लिएको छ। बस र ट्रकलाई ठक्कर दिने १८७७ नम्बरको बसका चालक फरार भएकाले खोजी भइरहेको छ ।