२१ आश्विन २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा पहिलो पटक मलंगवा नगरपालिकाले गर्योअस्थायी र करार सम्झौता रद्द – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा पहिलो पटक मलंगवा नगरपालिकाले गर्योअस्थायी र करार सम्झौता रद्द

सर्लाहीको २० वटै पालिका मध्ये मलंगवा नगरपालिकाले पहिलो पटक अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । असोज १२ गते आइतबारदेखि लागू हुने गरी नगरपालिकाले सूचना निकालेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीका अनुसार, संघीय सरकारको निर्णय र परिपत्रका आधारमा अस्थायी र करार सेवा सम्झौता रद्द गरिएको उनले बताएका छन् ।

सूचनामा उल्लेख भएअनुसार यही असोज ५ गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकले संघीय सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीवाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको थियो ।सोही निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते र अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र गरेर अस्थायी र करार सेवा सम्झौता रद्द गर्न भनेको छ ।

संघीय मन्त्रिपरिषद्को निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रको आधारमा मलंगवा नगरपालिकाले पनि स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरूको नियुक्ति र करार सम्झौता असोज १२ गते आइतबारदेखि लागू हुने गरी रद्द गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button