लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत चन्द्रनगरमा अन्तर्किर्या कार्यक्रम
मंसिर १०,
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत नेपाल एकिकृत विकास समाज लालवन्दि द्धारा चन्द्रनगर गाउँपालिका वडा नं.३ माझि टोलमा सरोकारवाला बीच अन्तर्किया सम्पन्न भएको छ।निर्वाचित वडा सदस्य.रिता देवी माझिको अगुवाईमा सम्पन्न भएको कार्यक्रम मा संस्थाका अध्यक्ष मदन कुमार बर्माका साथै परियोजनाका कर्मचारी हरुद्धारा महिला हिंसा विरुद्ध चेतनामुलक सन्देशहरु प्रदान गरिएको छ।
वडा सदस्य रिता माझिले माझि समुदायका महिलाहरुको क्षमता अभिवृद्धिका लागि गाउँपालिका सँग समन्वय गर्दै उनीहरुको सहज पहुँचका लागि आवाश्यक कार्य गर्ने प्रतिबद्धता सहित लैङ्गकि समानताका पक्षमा कार्यगर्ने प्रतिवद्धता व्यत गर्नुभएको छ ।
अन्तर्कृयामा चन्द्रनगर गाउँपालिकाभित्र मिथिला आर्टको माध्यम वाट महिला सशतिकरण कार्यक्रम परियोजना सञ्चालनमा रहेको नेपाल एकीकृत विकास समाजका निर्देशक दिवाकर झाले बताउनु भयो।लैङ्गकि हिंसा विरुद्ध आजबाट १६ दिनसम्म विभिन्न कार्यक्रम हरु भैरहेका छन् ।