५ जेष्ठ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा निःशुल्क स्वास्थ्य शिविर गर्दै नेपाली सेना – Nigrani Today
प्रदेश २शिक्षा स्वास्थ्यसमाचारस्थानीय

चन्द्रनगरमा निःशुल्क स्वास्थ्य शिविर गर्दै नेपाली सेना

चन्द्रनगर,
जेष्ठ ४ गते । सर्लाहीको चन्द्रनगर ७ स्थित नाडीमन ताल परिसरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।


चन्द्रनगर गाउँँपालिका कार्यालयको सहयोगमा नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर, ९ नम्बर बाहिनी अड्डा श्री भैरवीदल गण पाँच कुमारी ब्यारेकको आयोजनामा शनिबार विहान ८ बजेदेखि साँझ ५ बजे सम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।
शिविर सञ्चालनका लागि फिल्ड अस्पताल बर्दिवास, नगर अस्पताल लालबन्दी, सर्लाही ईमेजिङ्ग एण्ड डाईगोनोष्टिक सेन्टर लालबन्दी र सत्यनाम हस्पिटल नवलपुरको पनि सहकार्य रहेको आयोजकले जानकारी दिएको छ । निःशुल्क शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, वाल रोग विशेषज्ञ सेवा, मनोचिकित्सक विशेषज्ञ सेवा, दन्त रोग विशेषज्ञ सेवा, जनरल वहिरंग सेवा, भिडियो एक्सरे सेवा लगायतका सेवाहरु उपलब्ध गराईनेछ ।
दिनभरी नै चल्ने शिविरमा स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिन नेपाली सेनाले चन्द्रनगरवासी र विरामीहरुलाई अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.