चमेली बचत तथा ऋण सहकारीको २१ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लक्ष्मण साह निर्वाचित

सर्लाही ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा बाट लक्ष्मण साहको अध्यक्षतामा ७ सदस्य कार्यसमिति सर्व सहमतीमा गठन भएको छ। कार्य समितिको उपाध्यक्षमा प्रमिला देवी थरुनी, सदस्यमा मेनकुमार गौतम, इब्राहीम अंसारी, रञ्जु झा र मन्तोरीया देवी पासवान सर्व सहमत चयन हुनुभएको छ । त्यस्तै सल्लाहकार समितिमा कुन्ती देवी, रामप्रताप साह, उमाकान्त साह र जोगनारायण चौधरी गरी चार जना चयन हुनु भएको छ । त्यस्तै, लेखा समितिको संयोजकमा प्रोफेसर चन्द्रदेव महतो, सदस्यमा कृषण कुमारी र चन्दा देवी चौधरी चयन हुनु भएको छ ।यसैगरी चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं स्थापना दिवस पनि मनाइएको छ।
साधारणसभामा कार्यकारी अधिकृत भरत साहले आय व्यय प्रस्तुत गर्नुभयो । चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल ९ हजार ८ सय ७७ सेयर सदस्य रहेका छन । जस मध्ये महिला ९ हजार २ सय ७७ र पुरुष ५ सय ९३ जना रहेका छन ।
यसैगरी चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर पूंजी ६ करोड ४६ लाख ५७ हजार ८ सय रहेको छ । निक्षेप २८ करोड ९८ लाख ७ हजार ९ सय ३४ रहेको छ ।त्यस्तै कर्जा लगानी ४९ करोड ६३ लाख ४७ हजार ८ सय ३ रहेको छ ।
यसैगरी २०८१ अषाढ ३१ सम्ममा ६२ करोड ३४ लाख ९२ हजार ८ सय ११ कुल कारोवार रहेको छ। कारोवार बाट सञ्चालन मुनाफा १ करोड २० लाख ६६ हजार ६ सय ९७ रुपैया ४० पैसा भएको संस्थाले जनाएको छ ।सदस्यहरुले समयमा किस्ता नतिरेकोले कर्जा जोखिम व्यवस्था कोषमा ७० लाख ९५ हजार ९ सय ९७ रुपैया जम्मा गरिएको थियो भने आयकर १२ लाख ८२ हजार २ सय २८ गरी चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खुद नाफा ३४ लाख ९२ हजार ९९ रुपैयाँ रहेको कार्यकारी अधिकृत साहले जनाउनुभएको छ ।
त्यस्तै सदस्यहरुको समाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४२ लाख ७६ हजार ३ सय ८२ रुपैया सुविधा वितरण गरिएको थियो भने बिगत गत वर्ष ३६ लाख ११ हजार ८ सय ८ रुपैया सेयरहरुको लाभांस वितरण गरिएको थियो ।यस्तै फिलिपिन्सको मनिलामा भएको १४ औं समाजिक व्यवसाय विश्व शिखर सम्मेलन बाट ११ सय ३ सुन्य क्लब निर्माण गरेर सहकारीले विश्वको दोश्रो स्थान ल्याउन सफल भएको थियो ।
यसअघि चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बरहथवा, मलंगवा, गोडैता, र पर्सा शाखाको पनि २१ औं वार्षिक साधारणसभा सम्पन्न भइसकेको छ ।
त्यस्तै २१ औं वार्षिक साधारणसभाको अवसरमा चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सफल उधमी, कर्मचारी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले चमेली बचत तथा ऋण सहकारी संस्था नमुना संस्था भएको बताउनुभयो । धेरै सहकारी डुब्यो, संचालक कारागारमा छन तर पनि नकारात्मक प्रतिक्रिया चिर्दै चमेली बचत तथा ऋण सहकारी संस्था अगाडी बढेको उहाले बताउनुभयो । उहाले बचत गर्ने व्यक्तिले मात्र प्रगति गर्न सक्ने बताउनुभयो । सरकारी नोकरी गर्न पढनुपर्छ तर मालिक बन्न पढनुपर्दैन ।
कार्यक्रममा निर्वतमान सांसद प्रमोद साह, ईशवरपुर नगर उपप्रमुख रंजिता चौधरी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।