११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
धोतीलाई राष्ट्रिय पोशाक मान्दै जनमतले मनायो सर्लाहीसहित देशैभर धोती दिवस – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचार

धोतीलाई राष्ट्रिय पोशाक मान्दै जनमतले मनायो सर्लाहीसहित देशैभर धोती दिवस

मलंगवा,१७ पौष । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले आज सर्लाहीसहित देशैभर धोती दिवस मनाएको छ । जनवरी फस्ट अर्थात् अंग्रेजी नयाँ वर्षको दिन नेपालमा राष्ट्रिय टोपी दिवसको रुपमा मनाउने गरिएको भएपनि जनमत पार्टीले भने धोतीलाई राष्ट्रिय पोशाक मान्दै राष्ट्रिय धोती दिवस मनाएको हो ।
धोती दिवसको अवसरमा आज जनमत पार्टीका नेता तथा कार्यकर्ताले जिल्ला सदरमुकाम मलंगवामा धोती भैया भनेर हेप्न पाईँदैन, धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो, जनमत पार्टी जिन्दावाद, डा.सिके राउत जिन्दावाद, मधेशी एकता जिन्दावाद जस्ता नारा ¥यालीसहित धोती दिवस मनाएका हुन् ।
‘यो देश सबै उत्पीडित, शोषित, दलित, आदिवासी, जनजाती सबैको हो, कुनै एक भेष एक भुषाको मात्रै होईन । यहाँ बोलिने सबै भाषा र सबै जातजातिले लगाउने पोशाक राष्ट्रिय पोशाक हुन् । धोती पनि हाम्रो राष्ट्रिय पोशाक हो । त्यसैले जनमत पार्टीले धोतीलाई राष्ट्रिय पोशाकको रुपमा मनाएको हो ।’, जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन यादव(सुजन)ले हामीसँगको टेलिफोन सम्वादमा भने ।
उनले टोपी र दौरा सुरुवाललाई मात्रै राष्ट्रिय पोशाक मानेर टोपी दिवस मनाउँदा अन्य जातजातिको अपमान हुने भन्दै उनले सबै जातजातिको पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा मनाउनु पर्ने बताए ।
उनले धोती(मधेशिया) र टोपी(पहाडिया) दुबै नमिली देश नबने भन्दै यो देश धोतीधारी र टोपीधारी दुबैको देश भएकोले टोपीलाई मात्रै राष्ट्रिय पोशाक मान्न नसकिने बताए ।
उनले टोपी लगाउने र धोती लगाउने दुबै उत्पीडनमा परेको भन्दै धोती र टोपीको एकता नभएसम्म देश बन्दैन भन्ने सन्देश दिन जनमत पार्टीले धोतीलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेको नेता यादवको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button