२४ पुष २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा १ हजार ४५ विपन्नलाई न्यानो कपडा वितरण हुने – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

ईश्वरपुरमा १ हजार ४५ विपन्नलाई न्यानो कपडा वितरण हुने

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा विपन्न नागरिकहरूलाई जाडोको कठ्यांग्रिँदो चिसोबाट राहत दिन न्यानो कपडा वितरण गरिएको छ। सेभ द चिल्ड्रेनको साझेदारी ईश्वरपुर नगरपालिकाको समन्वयमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ईश्वरपुरमा १ हजार ४५ जना विपन्न नागरिकलाई ब्लैंकेट वितरण गर्ने भएको छ ।

आज वडा नं. १५ मा विशेष कार्यक्रमको आयोजना गरी नगरप्रमुख मनोज कुमार आचार्यले ब्लैंकेट वितरण गर्नुभएको थियो। यसअघि ईश्वरपुरका वडा नं. ४, ५, ९ र १० मा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भइसकेको ग्रामीण नारी उत्थान संघ हरिपुरका प्रतिनिधि सूर्य चालिसेले जानकारी दिनुभयो। उनका अनुसार, विपन्न समुदायका नागरिकहरूले न्यानो कपडाको अभावमा चिसोको मार खेप्नु नपरोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो । हरिपुर र ईश्वरपुर नगरपालिका गरी १७ सय ५० विपन्न नागरिकहरुलाई ब्लैंकेट वितरण गरिने ग्रामीण नारी उत्थान संघले जनाएको छ ।

न्यानो कपडाले विपन्न नागरिकहरूलाई ठूलो राहत मिल्ने स्थानियहरुको भनाइ रहेको छ । त्यस्तै कार्यक्रमका सहभागीहरूले सेभ द चिल्ड्रेन र ग्रामीण नारी उत्थान संघ हरिपुरले गरेको योगदानको प्रशंसा समेत गरेका थिए।
चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका र गरिब परिवारका सदस्यहरू प्रभावित हुने हुने गरेको हुदा नगरपालिकाको तर्फबाट पनि आफुले सक्दो सहयोग गर्ने नगर प्रमुख आचार्यको भनाई थियो ।

यस प्रकारका सहयोगी कार्यक्रमहरूले विपन्न समुदायलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन सहयोग पु¥याउने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button