९ भाद्र २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही सहित देशैभरी मनाइयो नाग पञ्चमी – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही सहित देशैभरी मनाइयो नाग पञ्चमी

सर्लाही,२९ श्रावन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व सर्लाही सहित देशैभरी पूजाआजा गरेर मनाइएको छ । नाग पञ्चमीका दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रही आएको छ ।

साथै चट्याङ, अग्निभय र मेघका कारण समेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराहलगायत पुराणमा गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने गर्दछन् ।

नाग पञ्चमीको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेत बारीमा नाथस्थान बनाई पूजा गरिन्छ ।नाग पञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वाससमेत नेपाली समाजमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button