१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा टिफिन बक्स वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा टिफिन बक्स वितरण

सर्लाही,१३ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जङ्कफुड निरुत्साहित गर्न सामुदायिक विधालयहरुमा टिफिन बक्स वितरण भइरहेको छ ।

विधालयमा जङ्कफुड (पत्रु खाना) निरुत्साहित गरी बालबालिकाहरुलाई घरमा तयार गरिएको खाजा खानेबानीको विकास गरी विधार्थीहरुको पोषण, स्वास्थ्य र शिक्षण सिकाई सुधारको लागि चन्द्रनगर गाउँपालिकाको आर्थिक सहयोगमा १ टिफिन बक्स वितरण भैरहेको छ ।

चन्द्रनगर गाउँपालिकाका सामुदायीक विधालयका कक्षा ६ देखि कक्षा १२ सम्मका १ हजार ६ सय विधार्थीलाई “टिफिन बक्स वितरण हुने गाउँपालिकाले जनाएको छ ।

बाल विकास देखि कक्षा ५ सम्मका विधार्थीलाई विधालयमा नै दिवा खाजाको व्यवस्था हुने भएकोले कक्षा ६ देखि कक्षा १२ सम्मका विधार्थीलाई मात्रै”टिफिन बक्स वितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।

हाल सम्ममा वडा नं २ मा रहेको दुर्गा खोभारी जन्ता माविमा अध्यनरत करिव ६ सय ७५ विधार्थीलाई र वडा नं १ मा रहेको जन्ता माविमा करिव २ सय पचिस विधार्थीलाई “टिफिन बक्स वितरण भैसकेको चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रतिनिधि देनकुमार महतोले जनाएको छ।

आज मात्रै वडा नं ६ स्थित रहेको मरिचमान माविमा करिव ४ सय १७ जना विधार्थीहरुलाई “टिफिन बक्स वितरण भएको छ । मरिचमान माविका प्रधानाध्यापक लालबाबु यादवले विधार्थीहरुलाई टिफिन बक्स नहुदा टिफिन समयमा छात्र तथा छात्राहरू घरमा खाजा खान गएपछि अधिकांश विधार्थी पुन विधालयमा नआउने गरेको जानकारी दिनुभयो ।

यो टिफिन बक्सले विधार्थीहरु अब पुरै घण्टी विधालयमा रहने वातावरण बनाउने भएको हुदा टिफिन बक्स वितरण कार्य सराहनीय भएको उहाले बताउनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष राजकुमार महतोले बिस्कुट डढेको तेलमा पाकेका खानेकुरा, चाउचाउ लगायत बाहिरको खानेकुराले विधार्थीहरुको स्वास्थ्य समस्या देखिने गरेको हुदा घरको ताजा खाना, खाजा ल्याउनलाई टिफिन बक्स वितरण भैरहेको बताउनुभयो । सरकारी स्तर बाट यो मधेश प्रदेशमै टिफिन बक्स वितरण पहिलो पटक भैरहेको अध्यक्ष महतोले दावी गर्नुभयो।

टिफिन बक्स हाल सममा ३ वटा माविमा वितरण भैसकेको र वडा नं ३ स्थित राम जन्ता आधारभुत विधालय बर्कुर्वा तथा वडा नं ५ मा रहेको अरनिको जन्ता आधारभुत विधालय मोहनपुरमा वितरण गरिने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.