२४ पुष २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग्यो, ६२ जना घाइते – Nigrani Today
समाचारसमाज

चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग्यो, ६२ जना घाइते

पुष २३। चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । नेपाल –चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अरू ६२ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट केही घरहरूमा क्षति पुगेको खबरमा उल्लेख छ ।

राष्ट्रपति सी जिनपिङले भूकम्पपछि भत्किएका संरचनामा फसेका नागरिकको ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न सेना र उद्धारकर्मीलाई निर्देशन दिनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेको उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिनुभएको हो ।

उहाँले सम्भावित प्रकोप रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न र उद्धारपछिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।

सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सीमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button