२४ पुष २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते, सर्लाही सहित मधेश प्रदेशमा पनि भूकम्पको धक्का – Nigrani Today
ताजा खबर

तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते, सर्लाही सहित मधेश प्रदेशमा पनि भूकम्पको धक्का

सर्लाही । तिब्बतको सिगात्से सहरमा आज गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।स्थानीय समयअनुसार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
नेपालमा सर्लाही लगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको जनाएको छ । नेपालको सर्लाही, संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि भूकम्पले हल्लाएको छ । खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।
यसैगरी मधेश प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले प्रदेशमा पु¥याए क्षति बारे विवरण सङ्कलनको काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सुबासचन्द्र बोहराले बाराको कलैया उपमहानगरपालिका देवकोटा चोकस्थित त्रिचन्द्र माध्यमिक विद्यालय १० जना छात्रा त्रसित भएर अचेत भएको बताउनुभयो । उपचार पश्चात् ती छात्राहरु घर फर्किएको उहाँले जानकारी दिनुभयो ।
उहाँको अनुसार त्यसबाहेक स्थानीय तह र मातहतका प्रहरी निकायमा बुझ्दा अहिलेसम्म भूकम्पबाट ठुलो तथा मानवीय क्षतिको विवरण आएको छैन । यद्यपि मातहतका प्रहरी कार्यालयबाट विवरण सङ्कलनको काम भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button