२४ पुष २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल संघीय समाजवादी पार्टीद्वारा “मुलके ईस्तेमा” रोक्ने सरकारी निर्णयको विरोध – Nigrani Today
ताजा खबरधर्म दर्शनप्रदेशमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

नेपाल संघीय समाजवादी पार्टीद्वारा “मुलके ईस्तेमा” रोक्ने सरकारी निर्णयको विरोध

प्रदीप दास,रौतहट ।

पौष २४ गते, बुधवार।

रौतहटको परोहा नगरपालिका–८, नरकटियामा माघ २६-२८ मा आयोजना हुन लागेको “मुलके ईस्तेमा” रोक्ने सरकारी निर्णयप्रति नेपाल संघीय समाजवादी पार्टीले कडा आपत्ति जनाएको छ।

पार्टीले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै, मुस्लिम समुदायको धार्मिक स्वतन्त्रतामाथि ठेस पुर्‍याएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ। संविधानले सुनिश्चित गरेको मौलिक हक उल्लङ्घन भएको उल्लेख गर्दै, “ईस्तेमा” कार्यक्रम निर्वाध सञ्चालन गर्न दिनुपर्ने, र यस्ता हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउन आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा पार्टीका उच्च नेताहरूको उपस्थिति थियो। गृहमन्त्री लेखकले उचित समाधानका लागि पहल गरिने आश्वासन दिएका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button