सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिकामा अतिविपन्न २ सय ८० बालबालिकाहरु त्था ज्येष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
वडा अध्यक्ष विन्देश्वर राय को अध्यक्षतामा वडा नं. २ लाउकहा टोल मानपुरमा समाजसेवी युवा तथा नेपाली कांग्रेसका नेता गजेन्द्र साहले आफ्नो व्यक्तिगत लगानीमा बालबालिका तथा ज्येष्ठ नागरीकहरुलाई न्यानो ज्याकेट वितरण गर्नुभएको छ ।
ज्याकेट वितरण समाजसेवी युवा साह र कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले वितरण गर्नुभएको थियो । बलबालिका र ज्येष्ठ नागरीकले जाडोको ज्याकेट पाएपछी खुसी व्यक्त गरेका छन ।