२७ पुष २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बिरगंजको चौतर्फी बिकासका लागि प्रभु साहको ओलीसंग प्रश्नैप्रश्न – Nigrani Today
ताजा खबर

बिरगंजको चौतर्फी बिकासका लागि प्रभु साहको ओलीसंग प्रश्नैप्रश्न

बिरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग बिरगंजको बिकासका लागि गरेको भन्दै प्रश्न गरेका छन् ।

आजपाद्धारा शनिबार बिरगंजमा आयोजित भ्रष्टाचार बिरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले बिरगंजबाट राजस्व लिने तर बिरगंजको बिकासका लागि केही पनि गर्नु ओलीको बेईमानी भएको टिप्पणी उनले गरे ।

बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउँन तथा भ्रष्टाचारको बिरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले भने, ‘देश बदलावमा बिरगंजले अग्रणी भुमिका निर्वाह गर्दै आएको छ । बिरगंजको अग्रणी योगदानबाटै आज नेपालबाट राजतन्त्रको अन्त्य भयो र पार्टीका नेताहरु अहिले राज गरिरहेका छन् । म बिरगंजको पवित्रधर्तीबाट नेताहरुलाई सोध्न चाहन्छु, प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोध्न चाहन्छु तपाईले बिरगंजको लागि के गर्नुभयो ?’

बिरगंज एक ऐतिहासिक शहर भएको बताउँदै उनले बिरगंज हेर्न दुनियाका मान्छेहरु आउँने गरेको बताए । पहाडका मान्छेहरु रोजगारी, शिक्षा, बिचार लिन बिरगंज आउँने गरेको बताउँदै उनले बिरगंजलाई दलाल नेताहरुले उजाड बनाएको टिप्पणी उनले गरे ।

‘बिरगंजलाई तपाईहरुले के दिनुभयो । बिरगंज उजाड हुदैछ, ठुलाठुला व्यपारीहरु बिरगंज छोडदैछन् । पँुजी पलायन हुदैछ, यस्तो बेहाल किन बनाउँनुभयो भन्ने प्रश्न गर्न चाहन्छु । देशको झण्डै आधा भन्दा बढी राजस्व बिरगंजबाट उठछ । यसको रिटर्नी बिरगंजले पाउँने की नपाउँने ?’, आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाई के हेर्नुहुन्छ यो पहिलाकै बनेको पुर्वाधारहरु हो । घण्टाघर, नारायणी हस्पिटल, ठाकुर क्याम्पस, नारायणी रंगशाला, कृषि औजार कारखाना, चिनि मिल यि सबै पहिलाकै हो । म यि चोर नेताहरुलाई प्रश्न गर्न चाहन्छु तपाईले बिरगंजको लागि के गर्नुभयो ?’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाट तीन जना मन्त्री छन् । नेपाली कांग्रेसबाट अजय चौरसिया कानून मन्त्री, एमालेबाट राजकुमार गुप्ता प्रशासन मन्त्र, जसपाबाट प्रदिप यादव खानेपानी मन्त्री छन् । तीनै जना मन्त्रीलाई ‘चोर नेता’को संज्ञा दिदै आजपा अध्यक्ष प्रभु साहले प्रश्न गरे, ‘यहाँबाट मन्त्री भएका चोर नेताहरुलाई म प्रश्न गर्न चाहन्छु तपाईले बिरगंजका लागि के गर्नुभयो । नारायणी अस्पताल मेडिकल कलेज हुन्छ की हुदैन् ? ठाकुरराम क्याम्पस यूनिभर्सिटी बन्छ की बन्दैन् ? त्यहाँ पिएचडीको पढाई हुन्छ की हुदैन् ? १५ बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको नारायाणी रंगशाला किन जिर्णअवस्थामा पुग्यो ?’

संविधान निर्माण गर्ने बेलामा ओली नेतृत्वको सरकारले संविधान गलत बन्दै गर्दा बिरोध गरेपछि हत्या गरेको दिन स्मरण गर्दै उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा गर्नु अपराध भएको बताए । कार्यान्वयन नभएको संविधान संशोधन गर्नुभन्दा पहिला नेताहरुले जनताका बीचमा गएर माफी माग्नुपर्ने उनले बताए ।

जनताको तिरेको राजस्व सरकारले लुटिरहेको आरोप उनले लगाए । भन्सारको नाममा सरकारले सर्वसधारणको निजि सम्पती लुटिरहेको बताउँदै उनले यो सरकार लुटेराको सरकार भएको आरोप लगाए । सरकारले कर आतंक मचाएर देश र जनतालाई लुटिरहेको बताउँदै उनले भारत र चीनमा समानहरु सस्तो हुने तर नेपालमा महंगो किन भएको भन्दै प्रश्न गरेका छन् ।

‘म प्रधानमन्त्री र तिनका दलालहरुलाई भन्न चाहन्छु बिरगंज आर्थिक राजधानी भएन भने अब जनता चुप लागेर बस्नेवाला छैनन् । प्रभु साह चुप लागेर बस्नेवाला छैन् । कान खोलेर सुन्न म ति दलालहरुलाई भन्न चाहन्छु’, आजपा अध्यक्ष साहले भने, ‘काठमाडौंलाई प्रशासनिक राजधानी बनायौं । भर्खर पोखरालाई पर्यटकीय राजधानी बनायौं । के बिरगंज आर्थिक राजधानी बनाउँनुपर्छ की पर्दैन् ? यदी हुन्छ भने क्याबिनेटबाट छिटो निर्णय गर्नुस् । नत्र हामी चुप लागेर बस्दैनौं ।’

बारा, पर्सा, रौतहटको बिकासमा सरकारले ध्यान नदिएको बताउदै उनले यस क्षेत्रको बिकासका लागि आजपाले आवाज उठाउने उनले बताए । बिरगंज सहितका क्षेत्रको बिकासका लागि प्रभु साह चुप लागेर बस्न नसक्ने बताउँदै उनले अब कडा कदम चाल्नुपर्ने आवश्यक भएको बताए ।

आजपा अध्यक्ष प्रभु साहले भने, भ्रष्टाचारीहरुलाई तह लगाउन अब जनस्तरबाटै प्रतिवाद जरूरी रहेको बताए । देशको चोर र भ्रष्ट नेताहरुलाई तह लगाउन आम जनता अगाडि आउनैपर्ने बेला भएको उनले बताए । उनले भने, ‘ईतिहास साक्षी छ, जनताको शक्ति न विगतमा कमजोर थियो, न वर्तमानमा कमजोर छ, न भविष्यमा कमजोर हुनेछ । यसका लागि हामी सबै ईमान्दार, प्रगतिशिल र देशभक्त शक्तिहरु एकजुट पर्छ ।’

आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारमा भइरहेको ठगी, भन्सार कानुनमा रहेको लुटकारी व्यवस्था एवं दलाल दलतन्त्रविरुद्ध आवाज उठाउँदै आएको छ ।

आजपाले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका बिरुद्धमा बिरगंजमा बिरोधसभा गरेको छ । बिरगंजमा शक्ति प्रदर्शन गर्दै आजपाले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गरेको हो ।

सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । बिरगंजको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् ।

हालै मधेस प्रदेशमा भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढदै गईरहेको जनाएको छ । ‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारी जोगाउने, बचाउँने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् । भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउँने काम गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘बिभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर त्यो काण्डको बारेमा कहिल्यै छानबिन हुदैन् । बिभिन्न ठुलाकाण्डको फाईल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यि लुटेराहरुले देशलाई लुटेर कंगाल बनाईसके, राज्यको ढुकुटी लुटेका छन्, बिदेशमा पैसा थुपारेका छन् । यिनीहरुबाट देश समृद्ध हुदैन् ।’

देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुटनेहरुले हरेक नेपालीमाथि बिदेशी ऋण बढाउँदै गईरहेका छन् । विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउँने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button