सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-२ स्थित गेरुवा खोलामा पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। आज करिब ४ बजे स्थानीयले पानी जमेको क्षेत्रमा मानिसको शव रहेको खबर दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
शव मुचुल्का तयार गरी बाहिर निकालेको थियो।
शव हेर्दा जोगी जस्तो देखिने, ४५-५० वर्ष उमेरको पुरुष रहेको र उक्त व्यक्ति विगत १०-१५ वर्षदेखि मागी खाएर हिँड्ने गरेको जनाइएको छ। हाल मृतकको पहिचान खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।