चन्द्रनगरमा बाल विवाह सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बाल विवाह सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भारत महिला मैत्री समाज काठमाडौंको सहयोग, चन्द्रनगर गाउँपालिकाको समन्वय र मधेसी महिला समाज नेपालको आयोजनामा आज बाल विवाह सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा परम्परा धार्मिक मान्यतालाई न्यून गरौ, सम्मान अवसर दिउ लैङ्िगक विभेद हटाउ,२० वर्ष मुनि विवाह नगरौं, सम्मानजनक आत्मनिर्भर जीवन सपना पूरा गरौं, बाल विवाहले शाररिरिक पीडा, मानसिक पीडा, मातृ मृत्युुदर र शिशु मृत्युदर हुने गरेको जनचेतनामूलक ब्यानरहरु टासिंएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीले बाल बिबाह रोक्न सबैभन्दा पहिला जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाले बाल बिबाह हुदा बालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर, कम उमेरमै गर्भधारण हुने, बच्चा जन्मिए पश्चात् कुपोषण हुने, मानसिक अवस्था कमजोर हुने, बालिकाले प्राप्त गर्ने शिक्षा बिचमा नै रोकिने भएको हुदा बाल बिबाह प्रति सबै सचेत हुनु आवश्यक रहेको बताउनुभयो । उहाले महिला आफैमा शक्तिशाली भएको र महिला जतिको त्याग कसैले पनि गर्न नसकिने बताउनुभयो ।
नेपाल र भारतको मित्रता एकदम प्रगाढ भएको छ , नेपालको नागरिक भारत र भारतका नागरिक नेपाल सजिलै बिना पासपोर्ट आउजाउ गर्न सकिने भएको हुदा नेपाल भारतको सम्बन्ध अटुट भएको सांसद चौधरीले बताउनुभयो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बाल विवाह अन्तयको लागि छोरीलाई उच्च शिक्षा प्रदान गर्न जरुरी भएको र २० वर्ष पूरा गरि छोरीको विवाह गर्नुपर्ने बताउनुभयो । गाउँपालिकामा बाल बिबाह अन्तयको लागि २० वर्ष पूरा गरि र कक्षा १२ पास गरि बिबाह गर्ने भएपछी प्रोत्साहन स्वरुप पचास हजार दिने गरेको छ र स्नातक तह पढ्ने छोरीलाई थप ११ हजार प्रदान गर्ने गरेको अध्यक्ष महतोले बताउनुभयो ।
मधेसी महिला समाज नेपालको सचिव अनिता महतोले बाल विवाह सम्बन्धि जनचेतना मुलक कार्यक्र पहिलोपटक भएको छ ।मधेसी महिला समाज नेपालले मधेस भरी रहेका महिलाहरूको उत्थानका लागी कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोनेलाल साह, वडा नं ४ का वडा अध्यक्ष राजिव सिंह , १ का रामेश्वर महतो, नेपाली कांग्रेसका नेता तेजनारायण चौधरी, महेन्द्र साह लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
 
				


