सर्लाही,७ माघ । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवा स्थित हुलाकी सडक खण्डमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोडैता नगरपालिका–९ का ४५ वर्षीय देवनारायण पण्डित रहेका छन ।
बीआर ०५ एच ५७४८ नम्बरको स्कार्पिओले बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पण्डित गम्भीर घाइते भएका थिए। उनलाई राति नै थप उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रामा सेन्टर ल्याइएको थियो, उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दिपक श्रेष्ठले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ५० वर्षिय रामानन्द महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। दुर्घटनापछि स्कार्पियो र चालक रौतहटको माधवनारायण न.पा.५ बस्ने २३ वर्षिय बच्चा कुमार साहलाई नियन्त्रणमा लिई, घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएको छ ।