सर्लाही, ८ माघ । भूमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीको अध्यक्ष मदन विश्वकर्मालाई पदभार ग्रहण गराइएको छ।
आज जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा विश्वकर्माले १९ औं आयोगको पदभार ग्रहण गरेको छ।
नापी कार्यलय सर्लाहीका प्रमुख तथा सदस्य सचिव विन्देश्वर यादवले विश्वकर्मालाई पदभार ग्रहण गराउनुभएको छ।
सर्लाही जिल्लामा हाल सम्म भूमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाही १९ औं पटक गठन भएपनि भूमिहिन सुकुम्बासी समस्या समाधान नहुने मुख्य कारण वन ऐन रहेको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल सिंहले बताउनुभयो ।
पदभार ग्रहण कार्यक्रममा संविधान सभा सदस्य तथा पुर्व मन्त्री शम्भुलाल श्रेष्ठले लालपुर्जा नभएको जग्गाहरु टुक्राटुक्रा भएका छन र यसलाई बैधानिक लालपुर्जा दिन अध्यादेश ल्याएको हुदा भूमिहिनले जग्गा पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जंगीलाल राय, लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, हरिवन नगर प्रमुख रमेश बुधाथोकी, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र सिंह, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सर्लाही जिल्ला ईखरपुर नगरपालिका–१२ निवासी विश्वकर्मालाई केही दिन पहिला भूमि समस्या समाधान आयोग, जिल्ला समिति सर्लाहीको अध्यक्ष पदमा नियुक्त गरेको थियो।लामो समयदेखि भूमि अधिकारबाट वञ्चित समुदायको अधिकारका लागि संघर्षरत सामाजिक अभियन्ता तथा नेपाली कांग्रेस मधेश प्रदेश सदस्य विश्वकर्मा अध्यक्ष पदमा नियुक्त भएपछी उहाको शुभचिन्तकहरु खुसि भएका छन।
भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (३) बमोजिम पदावधि कायम हुने गरी मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई नियुक्ति गरिएको थियो