६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एकीकृत समाजवादीका केन्द्रीय सदस्य कोईराला आजपामा प्रवेश – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य कोईराला आजपामा प्रवेश

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भानुभक्त कोईराला आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । कोईरालालाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् ।

विराटनगरमा आजपाको कोशी प्रदेश स्तरीय बैठकको अवसरमा कोईराला एकीकृत समाजवादी पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् । आजपा प्रवेश गर्दै कोईरालाले मुलुकको शासन व्यवस्थामा आम जनताको नेतृत्व हुनुपर्ने र समृद्ध मुलुक निर्माणका लागि आजपा नै उपयुक्त पार्टी भएको बताए ।

‘मुलुकलाई समृद्ध बनाउँन अहिलेका राजनीतिक दल र नेताहरु असफल भइसकेका छन् । शासन व्यवस्थामा आम जनताको नेतृत्व हुनुपर्छ, त्यसका लागि आजपा नै उपयुक्त पार्टी हो । प्रभु साहजीको नेतृत्वमा समृद्ध मुलुक निर्माण गर्न हामी एकजुट भएर अगाडी बढनुको बिकल्प छैन्, त्यसैले म आजपा पार्टीमा प्रवेश गरेको छु । आजपाले नै समृद्ध मुलुक निर्माण गर्न सक्छ भन्ने मेरो विश्वास छ’ आजपा प्रवेश गर्दै कोईरालाले भने ।

आजपा अध्यक्ष एवं सांसद साहले अहिलेको संविधानको कुनै औचित्य नभएको र समृद्ध नेपाल निर्माणका लागि अहिलेको ‘गण्डा शासन व्यवस्था’ नै परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए । आम जनता एकजुट भएर अहिलेको संविधान र गण्डा राजनीतिक व्यवस्था परिवर्तनका लागि विद्रोह गरेर अगाडी बढे मात्रै समृद्ध नेपाल निर्माण हुन सक्ने उनले बताए ।
मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गईरहेको र त्यसलाई ठुला दलका केही मुठीभरका नेताले संरक्षण गरिरहेको आरोप लगाउँदै साहले यि भ्रष्ट नेताहरुलाई बहिष्कार नगरे सम्म मुलुक समृद्ध नबन्ने ठोकुवा गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.