१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
एनएमबि बैंकले सजिलो क्यूआर कर्जा मार्फत बिना धितो दुई लाख  कर्जा  दिने  – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

एनएमबि बैंकले सजिलो क्यूआर कर्जा मार्फत बिना धितो दुई लाख  कर्जा  दिने 

सर्लाही, २६ भदौ। डिजिटल प्रावधान कार्यक्रम अन्तर्गत एनएम बि बैंक लाल्बन्दी शाखाले “नगद छोडौ क्यूआर रोजौ” मुल नारा साथ बृहत क्यूआर कोड वितरण गरेको छ ।

 बैंकले डिजिटल भुक्तानी बारे लालबन्दी बजार र फुलजोरमा रहेका टेम्पाे चालकलाई क्युआर साथ युभी रेफलेक्टर ज्याकेट समेत वितरण गरेको  लालबन्दी शाखाका शाखा प्रबन्धक अरुण आचार्यले जानकारी दिए ।

कार्यक्रममा करिब ४० जाना टेम्पो  चालकलाई क्युआर तथा युभी रेफलेक्टर ज्याकेट बितरण गरिएको छ । बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत चलाक हरुलाई क्यूआर वितरण गरेको हो, जस मार्फत बिना धितो दुई लाख रुपैयाँसम्मको कर्जा समेत पाउन सकिने छ ।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको प्रबन्धक  आचार्यले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.