सर्लाही। सर्लाहीको ईश्वरपुर ४ स्थित सागरनाथ माविको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।सहरी विकास आयोजनाको ५० लाखको लागतमा बन्ने उक्त भवनको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दै मेयर आचार्यले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा आफू हरदम तयार रहेको बताएका थिए । उनले आफ्नो कार्यकालभित्र सागरनाथ माविको मात्रै नभई नगरभित्रका सबै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम कुमार थिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन थिङ्ग, वडासदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारी तथा सदस्यहरु, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी तथा तिनका अभिभावकहरुको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक रामविहारी महतोले जानकारी दिए ।