११ माघ २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवन नगर कमिटीले बनायो १०१ सदस्यीय संघर्ष समिति – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

हरिवन नगर कमिटीले बनायो १०१ सदस्यीय संघर्ष समिति

भक्ती रिजाल
सर्लाही । आफ्नो पार्टी नेकपा माओबादी (केन्द्र)का नेता एबं बागमती नगरपालिकाका मेयर भरत कुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तान माथी सरकारले षड्यन्त्रपुर्ण ढंगबाट झुठा मुद्दा लगाएर फसाउन खोजेकोले  त्यसका विरुद्धमा संघर्षका गर्न भन्दै हरिवन नगर कमिटीले १०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । भेलाले .गणेश लामा संयोजक रहेको १०१ सदस्य संघर्ष समिती निर्माण गरेको हो ।

त्यसैगरी संघर्षको कार्यक्रमलाई सफल वनाउन विभिन्न समिती पनि निर्माण गरिएको पार्टीका नगरकमिटी अध्यक्ष अर्जुन पन्तले जानकारी दिए । साथै पार्टीका सम्पुर्ण कार्यक्रम सफल बनाउन आम जनसमुदायलाई हार्दिक अनुरोध गरिएको पनि अध्यक्ष पन्तको भनाइ छ ।

हरिवन नगरपालिका वडा नम्बर ६, को गुम्बामा बसेको नेकपा माओवादी (केन्द्र) हरिवनको विस्तारित भेलाले सरकारको स्वेच्छाचारी कदमका बिरुद्धमा एकताबद्ध ढंगबाट अगाडि बढ्न आह्वान गरिएको पार्टीको हरिवन नगर कमिटी सचिब गौरी महतोले बताए ।

नेकपा माओवादी (केन्द्र) सर्लाही

सरकारले भुमिहिन ,दलित ,सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई हटाउने तानाबाना बुनिरहेको र बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, उपप्रमुख लीला मोक्तान बागमती नगरपलिकाका कर्मचारीहरु समेतलाई झुटा वन मुद्दामा फसाउने षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति गम्भीर आपत्ति रहेको जनाएको छ ।

पार्टीले सम्बन्धित निकायहरू विशेषतः जिल्ला प्रशासन कार्यालय ,जिल्ला वन कार्यालय र सागरनाथ वन विकास परियोजनालाई यस्तो कार्य नगर्न र नगराउन पाँच दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइ सकेको छ ।

सोही क्रममा केही दिन अगाडि पत्रकार सम्मेलन गरेर पार्टीले आफ्ना संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको थियो  ।

कपोलकल्पित तथा राजनीतिक प्रतिसोध र  पुर्बाग्रही ढंगले आफ्ना नेतालाई फसाउन खोजिएकोमा नेकपा माओबादी (केन्द्र) आन्दोलित बनेको बिद्यार्थी नेता बिबेक मैनाली बताउँछन्।

आफ्ना न्यायोचित मागहरू पूरा गर्न तर्फ सरकार उदासिन देखिएको नेता राजकुमार यादबले बताए
त्यसैले  अबका कार्यक्रम अन्तर्गत  मोटरसाइकल र्‍याली, वन कार्यालयमा विरोध प्रदर्शन, धर्ना, मशाल जुलुस, जनसभा, बन्द र आमहडताल समेत समावेश गरिएको यादवको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मेयर भरत कुमार थापा र उप-मेयर लिला कुमारी मोक्तान अहिलेको अबस्थामा निलम्बित छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button