११ माघ २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पर्साबाट केन्द्रीय सरकारमा रहेका तीन मन्त्रीसंग आजपाको प्रश्न, ‘बिरगंजको बिकासका लागि तपाईहरुले के गर्नुभयो ?’ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

पर्साबाट केन्द्रीय सरकारमा रहेका तीन मन्त्रीसंग आजपाको प्रश्न, ‘बिरगंजको बिकासका लागि तपाईहरुले के गर्नुभयो ?’

बिरगंज । आम जनता पार्टी (आजपा)ले बिरगंजमा आज सडक पत्रकार सम्मेलन गरेको छ । बिरगंजको घण्टाघरमा आयोजित सो पत्रकार सम्मेलनमा पर्साबाट संघीय मन्त्री भएकासंग आजपाले प्रश्नै प्रश्न गरेको छ ।

पर्साबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् भने नेपाली कांग्रेसका अजय चौरसिया कानून मन्त्री र प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् । पर्साबाट संघीय सरकारमा तीन जना मन्त्री भए पनि पर्साको बिकासका लागि यि मन्त्रीले केही पनि नगरेको गम्भिर आरोप आजपाले लगाएको छ ।

आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले पर्साबाट तीन जना नेता संघीय सरकारमा मन्त्री भए पनि बिरगंजको बिकासका लागि के–के काम गरेको भन्दै गम्भिर प्रश्न उठाएका छन् । समृद्ध बिरगंज उजाड बनाइएको बताउदै उनले बिरगंजलाई देशको आर्थिक राजधानी बनाउँन माग गरे ।

‘बिरगंज सहित तराई मधेसमा खानेपानीको समस्या दिनदिनै बढदै गईरहेको छ । खानेपानीको हाहाकार छ । तर पर्साबाट खानेपानी मन्त्री भएका मन्त्री ज्यूलाई कुनै चिन्ता र चासो छैन्,’ कुशवाहाले भने, ‘यहाँ जती बिकास भएको छ पहिला नै भएको हो । अहिले तीन तीन जना नेता संघीय सरकारमा मन्त्री हुनुभएको छ । उहाँहरुले बिरगंजको बिकासका लागि के के गर्नुभयो जनता जान्न चाहन्छ ।’

बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउन र भ्रष्टाचार बिरुद्ध खबरदारीसभा बिरगंजमा हालैसम्पन्न गरेको आजपाले त्यसअघि भ्रष्टाचार बिरुद्ध मधेस यात्रा अभियान सञ्चालन गरेको थियो । बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँनका लागि आजपाले बिभिन्न समितिहरु गठन गरेर काम गरिरहेको जानकारी उनले दिए ।

सडकमै पत्रकार सम्मेलन गरेको आजपाले पर्साबाट केन्द्रमा मन्त्री भएकालाई बिभिन्न प्रश्न गर्दै बिरगंजको बिकासका लागि के के गरेको भन्ने बारेमा पर्साका नागरिकलाई जानकारी गराउन माग गरेको छ । आजपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज लखिन्द्र साहले मन्त्रीहरुले पर्साबासीलाई ढाटने बाहेक अरु केही काम नगरेको आरोप लगाए ।

‘नारायणी अस्पताललाई मेडिकल कलेज किन नबनाएको ? जिर्णअवस्थामा रहेको नारायणी रंगशालाको सुधार कहिले हुने ? स्तरोन्नती कहिले हुने ? ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्वबिद्यालय कहिले बनाउँने ? बिरगंजको चिनीमिल कहिले सञ्चालन हुने ?’ साहले प्रश्न गरे, ‘भ्रदगोल बस्तीलाई आधुनिक पूर्वाधारसंग कहिले जोडने ? समृद्धि बिरगंज उजाड किन भयो ?’

बिरगंजमा देखिएको बिकास पञ्चायतकाल र गणतन्त्र अघि नै भएको बताउदै उनले पर्साका मन्त्रीहरुले बिरगंजको बिकासमा ध्यान नदिएको आरोप लगाए । यस्तै आजपाले भ्रष्टाचार बिरुद्ध गरिरहेको बिभिन्न कार्यक्रमको बारेमा समेत जानकारी गराएको छ । आजपा पर्साका अध्यक्ष विश्वराज पटेलले बिरगंजको बिकासका लागि मन्त्री भएकाहरुले बेइमानी गरेको टिप्पणी गरे । यस्तै सिमावती क्षेत्रमा भन्सारको नाममा भईरहेको छिनाझपटीको अन्त्य गर्न उनीहरुले माग गरे । सर्वसधारण नागरिकलाई सिमावती क्षेत्रमा प्रहरीले मनोमानी गरिरहेको भए पनि पर्साका मन्त्रीहरु के पनि नगर्नु लाजमर्दो बिषय भएको पटेलले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button