१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
हरिवनको भविषय युवाको हातमा नगर प्रमुख  बुढाथोकी  – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

हरिवनको भविषय युवाको हातमा नगर प्रमुख  बुढाथोकी 

 प्रेमनाथ पौडेल 

सर्लाही,३ असोज।  हरिवन नगरपालिकाको भविषय युवाको हातमा रहेको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल )ले बताउनु भएको छ।

 हरिवन नगरपालिका  वडा नं ११ मा रहेको सहयोगी  समाज नेपालको आयोजना ,साहसी नेपालको सहकार्य र हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक  सहयोगमा मंगलबार बाट हरिवन वडा नं ९ नयारोडमा रहेको होलिडे ईन होटलको सभाहलमा सुरु भएको तिन दिने स्थानिय सरकारको लागि युवा तालिमको उद्घाटन सत्र लाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले यस्तो  बताउनु भएको हो ।

युवा भनेका समाज र नगरकै शक्ति हुन देश लाई सही र समृद्धिको दिशामा डोर्याउने वा भएका विकास  निर्माण लाई बिगार्ने दुबै युवाको हातमा भएको हुदाँ अबको हरिवन कस्तो बनाउने भन्ने कुरा अब युवाको हातमा आएको प्रमुख बुढाथोकिले बताउनु भएको हो ।

युवा स्थानिय सरकार लाई घच घच्याउने स्थानिय सरकार ले गरेका विकास  निर्माण जन पक्षिय काममा हातेमालो गर्दै साथ र सहयोग पुर्याउनु पनि युवाको दायित्व रहेको बताउनु हुदै सुन्दर हरिवनको विकास  निर्माण गर्ने कामको जिम्मेवारी  पनि युवाकै हातमा रहेको नगर प्रमुख  बुढाथोकिको भनाई थियो ।

तिन दिन सम्म चल्ने तालिममा नगरपालिका भित्रको वडा नम्बर ६ देखि ११ नम्बर वडा बाट स्वयम सेवकको रुपमा १८ देखि २५ वर्ष  भित्रका २३ जना युवा हरुको सहभागिता रहेको सहयोगि समाजले जनाएको छ ।

 स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्द्धन परियोजना ,तेस्रो पक्षिय बितिय सहयोग उप परियोजना अन्तरगत स्थानिय सरकारको लागि युवा नामक तालिम पश्चात युवाहरुले स्थानिय सरकारको विकास  निर्माणका साथै समाजमा रहेका विधमान विकृति  बिसंगतिको अन्त्य ,त्यस्तै लागुऔषध नियन्त्रण ओसारपसारमा निगरानी गर्ने र समाजमा रहेका विकृति  विसंगतिको अन्त र समृद्ध  समुन्नत समाज कसरी गर्न सकिन्छ भन्ने बिषयमा नागरिकमा  सचेतना फैलाउने काममा टेवा पुर्याउने आयोजक सहयोगी  संस्थाको अपेक्षा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.