मसाल जुलुस प्रदर्शन गरेको माओवादी (केन्द्र)ले आज राजमार्गमा चक्काजाम गर्ने

भक्ती रिजाल
सर्लाही । नेकपा माओवादी (केन्द्र) सर्लाहीका नेता तथा बगमती नगरपालिकाका मेयर भरत कुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तान माथि सरकरले झुठा मुद्दा लगाउन खोजेको भन्दै माओबादी (केन्द्र) सर्लाहीले सन्चालन गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत हिजो मसाल जुलुस प्रदर्शन गरेको छ ।
जिल्लाका लालबन्दी, हरिवन, बागमती तथा बरहथवा लगायतका स्थानमा माओवादी केन्द्रले मसाल जुलुस निकालेको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उप-मेयर लिला कुमारी मोक्तान लगायतका जनप्रतिनिधि तथा कर्मचारीलाई सरकारले षड्यन्त्रपुर्ण ढंगबाट फसाउन खोजेको भन्दै माओवादी (केन्द्र) यतिबेला आन्दोलनमा छ ।
बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मेयर भरत कुमार थापा र उप-मेयर लिला कुमारी मोक्तान अहिलेको अबस्थामा निलम्बित छन् ।
नगर भित्रको खाली पर्ती जमिनमा सुकुम्बासी बस्ती बसाएको आरोपमा सर्लाही जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दासमेत दायर गर्ने तयारी गरेपछि माओवादी केन्द्र यतिबेला चरणबद्ध आन्दोलनमा उत्रिएको हो ।
सरकारले प्रतिसोधपुर्ण ढंगबाट मेयर थापा तथा उप-मेयर मोक्तान माथि मुद्दा लगाएर भुमिहिन ,दलित ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई समेत हटाउने तानाबाना बुनिरहेको भन्दै माओवादी (केन्द्र) ले बिरोध जनाएको छ । भने माओबादी(केन्द्र) सर्लाहीले आज राजमार्गमा चक्का जाम गर्ने कार्यक्रम राखेको छ ।