३० फाल्गुन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीका विमल साह ८ औं मनास्लु राष्ट्रिय अवार्ड—२०८१ बाट सम्मानित हुदै – Nigrani Today
ताजा खबरसमाचारसमाजसाहित्य कलास्थानीय

सर्लाहीका विमल साह ८ औं मनास्लु राष्ट्रिय अवार्ड—२०८१ बाट सम्मानित हुदै

सर्लाहीका विमल साहलाई ८ औं मनास्लु राष्ट्रिय अवार्ड—२०८१ द्वारा सम्मानित गरिने भएको छ। साह, जसले हारमोनियम बजाएर वर्ल्ड बुक अफ रेकर्ड्समा नाम लेखाएका छन्, आज दिउँसो उपसभामुख इन्दिरा राणाबाट सम्मान प्राप्त गर्नेछन्। साह सम्मानित हुने भएपछी सर्लाही बासी खुुसी भएका छन ।

मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खवर र मनास्लु पोष्ट का आयोजनामा सम्पन्न हुने यो प्रतिष्ठित अवार्ड समारोह सूचना र सञ्चार प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने परंपरामा आधारित छ।

यस वर्ष, विभिन्न क्षेत्रहरूमा सक्रिय १३ जना व्यक्तित्वहरूलाई सम्मानित गरिनेछ, जसमा साहसिक हिमाल आरोही, समाजसेवी, संस्कृतविद्, व्यवसायी, खेलाडी, पत्रकार, कलाकार र शिक्षासेवी लगायतका विभिन्न बिभागका व्यक्तिहरू रहेका छन्।

अवार्ड समारोह मन बहादुर पुनको संयोजकत्वमा आयोजना हुनेछ र यसमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्। कार्यक्रमले बुद्धिजीवी, व्यापारी, समाजसेवी र नेपाली चलचित्र तथा कला संस्कृतिको माया गर्ने दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

समारोह आज शनिवार, राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा आयोजना हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button