२१ माघ २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा माघ २३ गते देखि २९ सम्म एच पि भी खोप चल्ने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्यस्थानीय

चन्द्रनगरमा माघ २३ गते देखि २९ सम्म एच पि भी खोप चल्ने

सर्लाही,१९ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा माघ २३ गते देखि २९ सम्म एच पि भी खोप चल्ने भएको छ ।

आज एच पि भी खोप अभियान सम्बन्धि चन्द्रनगरमा
पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा पाठेघरको मुखको क्यान्सरको अवस्थाको बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । विश्वमा २०३० सम्म ७ लाख पाठेघरको मुखको क्यान्सर रोगी हुने अनुमान गरिएको छ।

हरेक वर्ष २१६९ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र १३ सय १३ जनाको हरेक वर्ष मृत्यु हुने गरेको छ । विधालय बाहिरको १० देखि १४ वर्ष सम्मको किशोरीलाई तथा विधालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एच पि भी खोप लगाइने छ।

माघ २२ देखि फाल्गुण ६ गतेसम्म देशैभरी एच पि भी खोप संचालन हुने छ।

चन्द्रनगरमा माघ २३ गते देखि २९ सम्म एच पि भी खोप चल्ने चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाका प्रतिनिधि राजेश यादवले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष महतोले पाठेघरको मुखको क्यान्सर रोग लाग्न नदिने सबैले वातावरण बनाउनुपर्ने बताउनुभयो । पाठेघरको मुखको क्यान्सर भएको रोगीलाई १ लाख छुट गर्ने प्रावधान छ रोगै लागेन भने राज्यको रकम वचत हुने उहाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button