
रौतहट । मधेस प्रदेशको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको रुपमा विकसित हुदै गईरहेको छ । चन्द्रपुरको चौतर्फी विकासका लागि बिभिन्न आयोजनाहरु सम्पन्न भइसकेका छन् भने कतिपय महत्वपुर्ण आयोजनाहरु सम्पन्न हुने क्रममा रहेको छ ।
स्मार्ट चन्द्रपुर निर्माण गर्ने अभियानमा जुटेका छन्, त्यहीका एक युवा । चन्द्रपुर नगरपालिका वडा नं. ९ निवासी युवा नेता बालकृष्ण सापकोटा अहिले बिभिन्न बिकासे काम सम्पन्न गराउँने कारणले चर्चामा आएका छन् । संघीय सरकारको बिभिन्न मन्त्रालयमा पहुँच भएका सापकोटा संघीय बजेट मार्फत चन्द्रपुरलाई स्मार्ट सिटी निर्माण गर्ने अभियानमा जुटेका छन् ।
चन्द्रपुर निवासी सरोजकुमार बछारले स्मार्ट चन्द्रपुर निर्माणका लागि बालकृष्ण सापकोटा अहोरात्र खटने गरेको बताए । काठमाडौंबाट बिभिन्न मन्त्रालयबाट प्रभावकारी दखल राख्ने उनी बजेट ल्याएर यहाँको बिकास निर्माण गर्न उनी सधै जनताका बीचमा रहने गरेको बछारले बताए ।
‘चन्द्रपुरलाई कसरी स्मार्ट सिटीको रुपमा बिकास गर्न सकिन्छ भन्ने सधै सोचिरहने बालकृष्ण सापकोटा सधै जनताका बीचमा पुगेर उनीहरुको समस्या सुन्ने र आवश्यक्ता अनुसार बिकास निर्माणका कार्यलाई सम्पन्न गर्न बिभिन्न मन्त्रालयमा पुगेर बजेट ल्याउँने गर्नुले अहिले चन्द्रपुरमा चौतर्फी बिकास भईरहेको छ’ बछारले भने ।
२०७४ सालमा शहरी बिकास मन्त्री रहेका प्रभु साहका स्वकीय सचिवको भुमिकामा रहेका सापकोटाले त्यही बेला घोषणा भएको देशभरीका १२ वटा स्मार्ट सिटी मध्ये चन्द्रपुरलाई पनि समाबेश गराइएको थियो ।
चन्द्रपुर नगरपालिका ९ को सिन्दुरेघारीदेखि बस्तिपुर जाने बाटो सडक स्तरोन्नति २५ सय मिटर र १ सय ५० मिटर सडक ढलान सम्पन्न गराउँने काम सापकोटाकै पहलमा भएको स्थानीय धर्मबहादुर भुजेलले बताए । शहरी बिकास मन्त्रालयको सहयोगमा यहाँ यस्ता धेरै काम भएको भुजेलले बताए ।
‘चन्द्रपुर नगरपालिका ९ को सुर्य कार्कीको घरदेखि राइको घर हुदै तिन नं. बिष्णु राइको घर सम्म सडक ७ सय ५० मिटर सडक ढलान सम्पन्न भएको छ । चन्द्रपुर नपा ९ प्रगतिटोल गाउमा दुवै तिर ६ सय ५० मिटर नाला निर्माण सम्पन्न भएको, चन्द्रपुर नपा ८ मरधर गाउँमा सडक ९ सय ५० मिटर ढलान निर्माण सम्पन्न भएको, चन्द्रपुर नपा ८ बनरझुल्ला गाउको सडक ३ सय ५० मिटर ढलान निर्माण सम्पन्न भएको छ’ स्थायी कृष्ण लिम्बुले भने ।
यसैगरी बागमती सिँचाई आयोजनाबाट मोतिपुर डाडावारीमा ३ सय मिटर लाइनिङ निर्माण सम्पन्न भएको, भुमिगत जलस्रोत बिकास समिति बीरगंजबाट स्यालो ट्युवेल जडान कार्य वडा नं. ५ राजपैडा, वडा नं. ८ मरधर गाउँमा र सिन्दुरेघारी र प्रगतिटोलमा जडान कार्य सम्पन्न भएको छ । नदि नियन्त्रण चाँदी खोलामा टतवन्ध कार्य सम्पन्न भएको स्थायी राजन पटेलले बताए ।
यसैगरी गैरी खोला नदि नियन्त्रण चाँदी खोलामा टतवन्ध चन्द्रपुर नपा ८ सम्पन्न भएको छ भने, जोगि खोला नदि नियन्त्रण टतवन्ध चन्द्रपुर नपा १ को कार्य सम्पन्न भएको, पौराइ गाउँमा २ वटा स्यालो ट्युवेल जडान कार्य सम्पन्न छ ।
यस्तै सामुदायिक भवन निर्माण कार्य चन्द्रपुर नपा ९ मा भएको छ । मेनुका सिमसार प्रा.विको भवन निर्माण कार्य सम्पन्न भएको छ । यस्तै चन्द्रपुर नपा १ पौराइ खोला पौराइ–मंगलपुर बीच पुल निर्माणको लागि डिपिआर तयार भइ ठेक्का प्रकृया यसै आ.व मा ठेक्का सम्झौता बताइएको छ । चन्द्रपुर नपा ८ बसन्तपुर आप खोलामा पुल निर्माणको लागि डिपिआर तयार भइ ठेक्का प्रकृया यसै आ.व मा ठेक्का सम्झौता हुने भएपछि स्थानिय खुशी भएका छन् । चन्द्रपुर १ ब्रह्मस्थानमा मन्दिर अधुरो धर्मशाला र मन्दिर संरक्षणका लागि पनि काम सम्पन्न भएको स्थानिय रुपेस पण्डितले बताए ।
यसैगरी शहरी बिकास मन्त्रालयबाट चन्द्रपुर ८ स्थित कृष्ण प्रणामी मन्दिर र वडा नं. ६ मा रहेको कृष्ण प्रणामी मन्दिर शान्तिगरमा मन्दिर भवन ठेक्का लागि भवन निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ । यो कार्यमा समेत सापकोटाका महत्वपुर्ण भुमिका रहेको स्थानीय राजकुमार बजगाईले बताए । यि बिभिन्न आयोजनाहरु सम्पन्न गर्नका लागि बालकृष्ण सापकोटाले महत्वपुर्ण सहयोग एवं योगदान गर्दै आएका कारण उनको चर्चा चन्द्रपुरमा मात्रै नभई जिल्लाभरी हुने गरेको रौतहट कटहरियाका दिपक कुमार दुबेले बताए ।