नाढिमन तालमा पर्यटक बढदै
सर्लाही,२१ मघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन ताल हराभरा भएको छ । मधेश प्रदेशकै पहिलो प्राकृतिक नाढिमन तालमा आन्तिरीक तथा बाह्य पर्यटकहरु आउन थालेका छन । आज बसन्तपञ्चमीको अवसरमा मेला लागेपछी तालमा पर्यटकको संख्या बढेको छ । प्राय जसो सुनसान देखिने नाढीमन तालमा आज पर्यटक बढेको स्थानियहरुले बताएका छन ।
प्रत्येक वर्ष झै यस वर्ष पनि बसन्तपञ्चमीको अवसरमा मेला लागेपछी पर्यटकहरुको घुइचो बढेको चन्द्रनगर गाउँपालिकाका कर्मचारी संजिव महतोले जानकारी दिनुभयो । नढिमन तालमा दुई वटा ईलेक्ट्रिक बोट र १० वटा खुटाले चलाउने डुँगा रहेको छ ।पहिला सुनसान देखिने नाढीमन तालमा आज बोट र डुँगाको सवारी गर्नेको घुइचो लागेको छ । भारतको केही स्थान तथा चन्द्रनगरको छिमेकी पालिका पर्सा, हरिपुर्वा, ईश्वरपुर, मलंगवा, ब्रह्मपुरी लगायतको ठाउँ बाट आज पर्यटक आउने गरेको कर्मचारी महतोले बताउनुभयो ।
आज दिनभर ईलेक्ट्रिक बोट र डुँगाको टिकट काटन भ्याई नभ्याई भएको कर्मचारी महतो बताउनुभयो ।
बिगत लामो समय सम्म खडेरीका सुख्खा परेको ताल यो वर्ष बर्षातको समयमा पानि परेपछी पानिले भरी भराउ बनेको छ ।ताल भरिभराउ भएपनि डुँगा तथा बोटहरु बिग्रेका कारण पर्यटकहरु आएर पनि फर्केर जाने गरेका थिए । तर पछिल्लो समय डुँगा तथा बोटहरु बनिसकेपछी पर्यटकहरु बोटिङ्गको मज्जा लिएर फर्किने गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । ५२ बिग्हा क्षेत्रफलमा फैलिएको ताल यतिबेला अतिक्रमणको कारण केही खुमचेको चन्द्रनगर निवासी स्थानि पुनित पासवानले बताउनुभयो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले नाढिमन तालमा आउन भारतीय तथा आन्तिरिक पर्यटकहरुलाई आउन आग्रह गर्नुभएको छ । ताललाई सौन्दर्यकरण गर्ने काम भैरहेको छ, तालमा गंगा आरतीको लागि पनि संरचनाहरु बनाउन सुरु गरिएको हुदाँ दिन मात्र नभई राति पनि यो ताल भ्रमण गर्न सक्ने बनाउने योजना भएको अध्यक्ष महतोले बताउनुभयो ।