१० फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पर्सा गाउँपालिकाको बाल मैत्री सिकाई केन्द्रमा निःशुल्क कप्युटर कक्षाको उद्दघाटन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पर्सा गाउँपालिकाको बाल मैत्री सिकाई केन्द्रमा निःशुल्क कप्युटर कक्षाको उद्दघाटन

सर्लाही, फागुण २। बागमती सेवा समाज नेपाल हरिवन, सर्लाही र पर्सा गाउँपालिका वडा–२ सहयोग तथा साझेदारीमा बालबालिका, किशोरकिशोरी लक्षित गरी बाल मैत्री सिकाई केन्द्रमा निःशुल्क कप्युटर कक्षाको उद्दघाटन गरिएको हो । पर्सा गाउँपालिका वडा–२ का वडा अध्यक्ष राकेश राम, वडा–१ का वडा अध्यक्ष सतेन्द्र राय यादव, पर्सा बाल अधिकार समितिका संयोजक सुनिता देवी पासवान, तथा राष्ट्रिय जनता बैजु मा.वि. का प्रध्यानाध्यापक सुरेन्द्र रजकले संयुक्तरुपमा उद्दघाटन गरिएको हो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा बागमती सेवा समाज नेपालको आर्थिक सहयोगमा बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरसीप परियोजनाबाट सिकाई केन्द्रको लागि बसाँई व्यवस्थापन, बालबालिकाहरुका पढ्न विभिन्न किसिमका प्रेरणादायी पुस्तकहरु, खेलकुद सामाग्री साथै ३ वटा कम्प्युटर, टेबल, कुर्सीहरु प्रदान गरिएको बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले बताउनु भयो ।
संयोजक बादे थप्नु जोड गर्नु हुन्छ, बालबालिका किशोरकिशोरीहरुले वडा तथा हामीसँग बाल मैत्री सिकाई केन्द्रको स्थापना तथा कम्प्युटर सीपको लागि माग गरेका थिए जसको लागि “विभिन्न चरणमा पालिका तथा वडासँग समन्वय बैठक बसेका थियौं र पालिका तथा वडाले पनि बालबालिकाहरुको कुरा सुन्नु भयो र २ वटा कोठा वडामा नै उपलब्ध गराईदिनु भयो त्यसपछि हामीले बसाइ व्यवस्थापन देखि लिएर, शैक्षिक तथा खेलकुद सामग्री र जीवन उपयोगी सीप सिक्नको लागि कम्प्युटर प्रदान गरौं ,“वास्तवमा बालबालिका किशोरकिशोरीहरुले आफ्नो फुर्सदको समयको सदुपयोग गर्दै सिकाई केन्द्रमा विभिन्न पुस्तक पढ्न्, मनका कुराहरु बताउने, बैठक बस्ने, योजना बनाउनका साथै निःशुल्क कम्प्युर सिकुन भन्ने उद्देश्य रहेको छ ताकि उहाँहरु मद्यपान, धुम्रपान, लागु औषध, जुवातास आदिमा नपरुन भन्ने हो । र अहिले सिकेको सीप आउने दिनहरुमा उहाँहरुको जीवनमा काम लागोस् ।”
ःपुजा यादव, किशोरी तथा कम्प्युटर कक्षाको प्रशिक्षार्थी भन्नु हुन्छ ,“हाम्रो ठाउँमा पनि निःशुल्क कम्प्टर सिक्न पाउने भएका छौ जसले मलाई एकदम खुशी बनाएको छ । सहयोगी बागमती सेवा समाज नेपाल, वल्र्ड भिजन तथा वडालाई धेरै धन्यवाद दिन चाहन्छु ।”
प्रविण रजक, पर्सा गाउँ पालिकाका कार्यपालिका सदस्य भन्नु हुन्छ, “अहिलेको जमानामा पढ्नलाई पनि कम्प्युटर जानेको हुनु पर्छ । यो हाम्रा बालबालिका तथा सबैको लागि अनिवार्य छ ।”
बालबालिकाहरुको भविष्यको लागि सोचे। वल्र्ड भिजन बागमती सेवा समाज नेपालले गरको गरेको सहयोग प्रति आभार व्यक्त गर्दै निःशुल्क कम्प्युटर कक्षाको निरन्तरता रहेने कुराको पनि कार्यपालिका सदस्य रजकले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सचिन्द्र राय यादव वडा–१, अध्यक्ष भन्नु हुन्छ ,“आज यस भेगका बालबालिकाहरु विभिन्न क्षेत्रमा अगाडी बढ्दैछ यसको लागि संघसस्थाहरुको ठुलो योगदान छ । फेरि पनि हाम्रा बालबालिकाहरुले कम्प्युटर शिक्षा हाँसिल गर्नेछ र भविष्यमा अगाडी बढ्नमा मद्दत मिल्छ । म मेरो वाडमा पनि भवन निर्माण हुँदै छ र बालबालिकाहरुका लागि कोठा तथा बजेट छुट्याउँछु र सानैबाट उहाँहरुलाई विभिन्न किसिमका जीवन उपयोगी सीप सिक्न सरिक गराउँछु । सहयोग गर्ने संस्था वल्र्ड भिजन र बागमती सेवा समाजलाई धन्यवाद दिन चाहन्छु ।”
पर्सा गाउँपालिका वडा–२ का वडा अध्यक्ष राकेश राम भन्नु हुन्छ,“ हामीले बालबालिकाको कुरा सुनेर उहाँहरुका लागि २ वटा कोठा छुट्यायौं र बागमती सेवा समाज नेपालसँगको समन्वय साझेदारीमा यहाँ बालमैत्री सिकाई केन्द्र स्थापना गरी विशेष गरि विपन्न वर्गका बालबालिका तथा किशोरकिशोरीहरुका लागि निःशुल्क कम्प्युटर कक्षाको उद्दघाटन गरेका छौं र अहिले ३ वटा कम्प्युटर छ ३ महिना सम्म १२ जना किशोरकिशोरीले सिक्नु हुन्छ । आवश्यकताको आधार मा ३ वट ६ र ६ बाट १२ पनि गछौं र यस कक्षालाई हामी वडाबाट निरन्तर सुचारु गछौंं भन्ने प्रतिबद्धता समेत गछौं ।”
कार्यक्रमा अभिभावक, बालबालिका, वडा सदस्य शिक्षक, वल्र्ड भिजनका जिल्ला संयोजक सीता चौधरी लगाएतको उपस्थि रहेको कार्यक्रमा बालबालिका, अभिभावकहरुले वडा बाट थप कम्प्युटर व्यवस्था गरिदिनु पर्ने साथै कम्प्युटर कक्षाको निरन्तर सुचारुको माग समेत गरेका बागमती सेवा समाज नेपालका फिल्ड मोविलाईजर नबल किशोर साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button