१० फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पत्रकार झाले मनाईन् फरक तरिका बाट जन्मदिन – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

पत्रकार झाले मनाईन् फरक तरिका बाट जन्मदिन

सर्लाही,३ फागुन । नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष पत्रकार बन्दना झाले फरक तरिका बाट आफ्नो जन्मदिन मनाइकी छन । पत्रकार झाले लालबन्दी नगरपालिका वडा नं. २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्धसेवाआश्रममा केक काटेर आफ्नो ३४औं जन्मदिन मनाएकी छन् । हरेक वर्ष वृद्धबुवाआमाहरुको माझमा बसेर जन्मदिन मनाउँदै आएकी पत्रकार झाले यस पटक पनि वृद्धसेवाआश्रममा वृद्धाआमाबुवाहरुको माझमा बसेर केक काटेकी हुन् ।

वृद्धवृद्धाहरुको सामिप्यता र उहाँहरुको आर्शिवादले आफूलाई सधैं सफलतातर्फ प्रेरित गर्ने भएकोले विगत ५ वर्षदेखि आश्रममै केक काटेर जन्मदिन मनाउने गरेको पत्रकार झाले बताईन् ।उनले आश्रममा आश्रित बुवाआमाहरुलाई मिष्ठान्न भोजनसमेत गराएकी छिन् ।

उनको जन्मदिन विशेष कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर, सचिव सोम दियाली, निर्वतमान अध्यक्ष टंक बहादुर क्षेत्री, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, सचिव रामबाबु खड्का, प्रेस मञ्चका केन्द्रीय कार्यावाहक अध्यक्ष मनोज यादव, जिल्ला अध्यक्ष कृष्णा सिंह, प्रेस सेन्टर सर्लाहीका उपाध्यक्ष क्षितिज विश्वकर्मा, सचिव राधेश्याम कुशवाहासहित जिल्लाका थुप्रै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेयर अधिकारी, आश्रमका संरक्षक बासुदेवशरण कोइराला र उहाँकी धर्मपत्नी, आश्रमकी व्यवस्थापक भवानी कोइरालालगायतले टिका तथा खादा लगाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । पत्रकार झाले आफ्नो जन्मदिन विशेष बनाउन उपस्थित हुने सबैलाई धन्यवाद व्यक्त गरेकी थिईन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button