१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
गाउँ घर टुथलेस र युथलेस भयो – राई – Nigrani Today
ताजा खबरसमाचार

गाउँ घर टुथलेस र युथलेस भयो – राई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक संजाल फेसबुक मार्फत सरकारलाई सुझाव सहित धारणा सार्वजनिक गरेका छन् ।

प्रवक्ता राईले ” आज हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केहि नभएको, जमिनहरु बाझा र उजाड भएको बताएका छन् । सहर बजारका अधिकांश सटर खाली र पसलहरु बन्द छन् ।

हाम्रो दशै, तिहार, छैठ आदि जस्ता राष्ट्रिय पर्वहरुको केहि रौनक छैन यसको मुख्य कारण दलाल पूंजीवाद हो। यो पूंजीवादी व्यस्थालाई निर्मुल पार्न समाजवादी क्रान्ति अपरिहार्य छ । यस्का निम्ति राज्यले तत्काल युवा पलायन रोक्ने नीति अवलम्बन गर्नु पर्दछ ।

-बेरोजगारी युवाहरूलाई सीप मुलक तालीम प्रदान गरि योग्यता अनुसारको कामको ग्यारेन्टी गर्नु पर्ने ।
– नेपाली कृषि उत्पादनलाई राज्यले बजारको ग्यारेन्टी गरि युवाहरुलाई कृषि उधमशिल्ता सङ जोडनु पर्ने ।
– युवा उधम्मी कर्जाका लागि सफ्ट लोन प्रदान गर्नु पर्ने ।
– बिज्ञान र प्रविधि मैत्री बनाउन युवाहरूलाई व्यापकतम तालीम प्रदान गरि उत्पादनमा जोडनु पर्ने ।

आदि यी कामहरुले युवाहरूलाई डेभलपमेन्ट फोर्समा विकास गर्दै समृद्धिको यात्रामा ” जुनकीरी ” प्रदान गर्न सकिन्छ, समाजवादको लक्ष्यमा पुग्न सकिन्छ । ”

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी पनि दुई महत्त्वपुर्ण मन्त्रालय सहित सामेल छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.