
भक्ती रिजाल
-सर्लाही ।नेकपा माओबादी केन्द्र हरिवन नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ ।
पार्टीका सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणी पोख्रेलले कार्यकर्तालाई प्रशिक्षण दिनु भएको बताइएको छ ।
नगर भित्रका अगुवा कार्यकर्ता सहभागी प्रशिक्षण कार्यक्रममा गए राति रुकुम र जाजरकोटमा गएको भुकम्पमा परी दिबंगत भएका जनता प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा नेता पोख्रेलले पार्टीले संचालन गरेको तीन महिने अभियानका बारेमा चर्चा गर्नु भएको हरिवन नगर कमिटी अध्यक्ष अर्जुन पन्तले जानकारी दिनु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु राजु खड्का, दिप बहादुर योन्जन, अच्चुतम प्रसाद काफ्ले तथा एकराज थापाको उपस्थिति रहेको थियो ।
नगर कमिटी सचिब गौरी महातोले संचालन गर्नु भएको कार्यक्रममा पार्टीका नेता राजकुमार राय, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी बागमती नगरपालिकाका मेयर भरत कुमार थापा लगायतले सम्बोधन गर्नु भएको थियो ।