भारतीय नोटसहित भारतकै दुुई युवक पक्राउ

सर्लाहीमा प्रहरीले प्रतिवन्धित भारतीय नोटसहित दुुइ भारतीय युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको सितामढी मझौलिया बस्ने २४ वर्षीय आलोक कुमार र १९ वर्षीय ऋषब कुमार रहेका छन् ।
मलङ्गवा–सोनवर्षा नाका हुँदै सर्लाही प्रवेश गरेका उनीहरुलाई मलङ्गवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडिबाट प्रतिवन्धित नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।सोनवर्षाबाट बीआर ३० एएम ०४६८ नम्वरको मोटरसाइकल चढेर मलङ्गवातर्फ आउँदै गरेका उनीहरुलाई शङ्का लागेर खानतलासी लिँदा आलोक कुमारले पछाडि भिरेको झोलाबाट प्रतिवन्धित भारतीय ५०० रुपियाँको नोट २०० थान बरामद भएको डिएसपी राईले बताए ।
उनका अनुसार बरामद प्रतिवन्धित भारतीय नोटसहित दुवै युवकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।सर्लाही प्रहरीले दुुई दिनअघि गोरखकाली प्रहरी चौकी अगाडिबाटै स्रोत नखुलेको सात लाख ५८ हजार ३१० रुपियाँसहित भारत सितामढीकै २२ वर्षीय चन्दनकुमार महतोलाई पक्राउ गरेको थियो ।