९ भाद्र २०८२, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनज्योति बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम सुरु – Nigrani Today
मधेश प्रदेशसमाचारसमाजस्थानीय

जनज्योति बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम सुरु

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं मा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम सुरु भएको छ ।क्याम्पस र स्व.वि.यु.को सहकार्यमा आज उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।

अतिरिक्त क्रियाकलाप समतिको संयोजक सरोज बाबु न्यौपानेको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समतिका उपाध्यक्ष कमल प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरिएको छ ।


उद्घाटन सत्रपछि, विभिन्न खेलकुद गतिविधिहरुमा चेस, टेबल टेनिस, र ब्याडमिन्टनका प्रतियोगिताहरु गरिएको थियो ।
आज बाट सुरु भएको अतिरिक्त क्रियाकलाप सप्ताह २८ गते सम्पन्न हुने छ । भोली बुधवार हाजिरी जवाफ, दौड र क्रिकेट प्रथम चरन हुने छ भने पर्सि बिहीबार क्रिकेट फाइनल, म्युजिकल चेयर,मुक्तक, निबन्ध र वक्तृत्वकला प्रतियोगिता हुने जनज्योति बहुमुखी क्याम्पसले जनाएको छ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समतिका सदस्य केशव प्रसाद ढुङ्गना, क्याम्पस प्रमुख विरेन्द्र चौधरी, प्राध्यापक संघ अध्यक्ष भुवन काफ्ले, स्व.वि.यु. सभापति समिर सिंह, सहायक क्याम्पस प्रमुख शिवहरी नेपाल, पूर्व क्याम्पस प्रमुख र शिक्षकहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button