१२ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा नगरपालिकामा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपियाे – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वा नगरपालिकामा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपियाे

सर्लाहीको हरिपुर्वा नगरपालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगारी प्रवर्द्धन केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिका वडा नं. ७ र ८ मा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

हरिपुर्वा नगरपालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रममा वडा नं. ७ का अध्यक्ष उमेश यादव र वडा नं. ८ का अध्यक्ष रमेश्वर राय यादवको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बालबालिका, महिलाहरू, स्थानीय समुदायका सदस्यहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

हरिपुर्वाको विभिन्न ठाउँमा बाकैन, निम, सर्पगन्धा, सुरिलो अशोक, अम्बालगायतका विभिन्न प्रजातिका १५० वटा बिरुवा राेपिएको आयोजकले जनाएको छ ।

वातावरणीय संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा परियोजनाका फिल्ड अधिकृत रामसुषिल महतोका अनुसार, सहभागी RRPK टिम, BWSN का कर्मचारीहरू, UPG सदस्यहरू, RC बालबालिका र स्थानीय समुदायका सदस्यहरूले संयुक्त रूपमा बिरुवा रोपेका थिए। बिरुवा सर्लाही जिल्ला वन कार्यालयको सहयोगमा निःशुल्क प्राप्त भएको थियो।

कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्दै समुदायलाई दीगो विकास र हरित पहलतर्फ उन्मुख गराउने अपेक्षा लिएको आयोजकहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button