१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
जनमतका सर्लाही इन्चार्ज यादवले बाडे विपन्नलाई ज्याकेट – Nigrani Today
प्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

जनमतका सर्लाही इन्चार्ज यादवले बाडे विपन्नलाई ज्याकेट

सर्लाही, पुस ८ गते । राजनीतिलाई ठगि खाने भाँडो बनाइएको अहिलेको परिस्थितिमा जनमत पार्टीका सर्लाही इन्चार्ज श्रीचन यादव(सुजन)ले भने राजनीतिलाई समाजसेवाको माध्यम बनाउनु भएको छ ।
जनतालाई ठग्नु हुँदैन बरु सके जति उनीहरुलाई दिनपर्छ भन्ने आदर्श विचार बोकी राजनीतिमा आएको बताउनुहुने युवा नेता यादवले आफ्नो गृह नगर बलरा ११ छटौनामा एकसय बढी न्यानो ज्याकेट र टोपी वितरण गर्नुभएको हो ।
छठ पर्वको समयमा पनि गरीब, विपन्न तथा एकल महिलाहरुलाई साडी, छठ सामाग्री तथा नगद रकम दिएर सहयोग गर्नुभएका उहाँले चिसो बढ्न थालेपछि चिसोले कठ्यांग्रिएर कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर न्यानो कपडा वितरण गर्न सुरु गर्नुभएको बताउनुभयो ।
‘तराईमा चिसोले कठ्यांग्रिएर वर्षेनी सयौं मानिसले ज्यान गुमाउछन् । राज्य यसमा गम्भीर हुन सकेको छैन । राजनीति भनेको सेवा हो । यसलाई सेवाकै रुपमा प्रयोग गर्नुपर्दछ भन्ने उदेश्यले नै मैले पनि सकेको सहयोग गर्ने गरेको हुँ ’, नेता यादवले भन्नुभयो, ‘सबै पीडा जति जनतालाई थुपारेर ऐस गरिरहेका नेताहरुले पनि जनताको सेवालाई धर्म ठान्न सक्नुपर्छ ।’
युवा अवस्थादेखि नेकपा माओवादीको सक्रिय नेताको रुपमा राजनीतिक यात्रा सुरु गर्नुभएका नेता यादव आम चुनाव २०७९ पछि जनमत पार्टीमा आउनुभएको थियो । जनमतमा आउनुअघि पनि थुप्रै सामाजिक काममा संलग्नता देखाउनुभएको उहाँले सो पार्टीको जिल्ला ईन्चार्ज भई नेतृत्व सम्हाले यता मात्रै पनि थुप्रै सेवामूलक काम गरिसक्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.