चन्द्रनगर गाँउपालिकामा मिथिला चित्रकलाको प्रदर्शनी

सर्लाही जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित चन्द्रनगर गाँउपालिकामा महिला तथा लैङ्गिक हिंसाको झल्को दिने गरि मिथिला चित्रकला प्रदर्शनी गरिएको छ । मधेशमा दाईजो, कुटपिट, छोरीलाइ शिक्षामा गरिने विभेद लगायत विभिन्न तरिका वाट महिला माथि हुने हिंसा लाई मिथिला चित्रकलाको माध्यम वाट उजागर हुने गरि प्रदर्शनीको आयोजना गरिएको थियो ।
चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राज कुमार महतोको अध्यक्षता हरिवन नगरपालिकाका उप प्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यमा द एशिया फाउण्डेशन नेपालको सहयोगमा नेपाल एकिकृत विकास समाज लालबन्दीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, चन्द्रनगर गाँउपालिकाका कर्मचारीहरु, पत्रकारहरु तथा चन्द्रनगर गाँउपालिकाका समुदाय स्तरका महिलाहरु गरि करिव ६० जनाको उपस्थितीमा संचालन भएको उक्त कार्यक्रम १५० जना भन्दा वढि व्यक्तिले अवलोकन गरेका थिए ।
नेपाल एकिकृत विकास समाजका कार्यकारी निर्देशक दिवाकर झाले १५ चन्द्रनगर गाँउपालिकाका स्थानिय १५ जना महिलालाई १४ दिने मिथिला चित्रकला सम्वन्धि प्रशिक्षण दिएर चित्रहरु तयार पारिएको वताए । उक्त प्रशिक्षण पश्चात अगामी दिनमा पनि प्रशिक्षार्थी महिलाहरुले मिथिला चित्रकला तयार पारि थप आय आर्जन गर्न सक्ने पनि वताए ।
कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले यस कार्यक्रम वाट यस गाँउपालिाकका महिलाहरुमाथी हुने हिंसा न्यूनीकरण हुने वताएका थिए भने कार्यक्रमका अध्यक्ष तथा चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राज कुमार महतोले यस्ता किसिमका क्षमता अभिवृद्धि तथा आय आर्जनमा टेवा पुग्ने कार्यक्रम संचालन गरेकोमा आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद दिदै प्रशिक्षार्थी महिलाहरुलाई चन्द्रनगर गाँउपालिका वाट मिथिला चित्रकला लाई प्रोत्साहन हुने कार्यक्रमहरु अगामी दिनमा संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।