२६ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुदा १९ जना यात्रु घाइते – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुदा १९ जना यात्रु घाइते

सर्लाहीमा बस दुर्घटना हुदा १९ जना यात्रु घाइते भएका छन । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमाार्गको दोस्रो लच्का नजिक जनकपुरबाट मलंगवा तर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्। शुक्रबार साँझ करिब ५ः४५ बजे ग १ ख ९४९४ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परेका सबै यात्रुहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुबाहक बस दुुर्घटना हुदाँ धनुषाको हंशपुर न.पा.२ बस्ने अं.वर्ष २८ को उदित साह, सर्लाही कबिलासी न.पा.८ बस्ने अं. वर्ष ६८ को राम पुकार मुखिया , दिनेश महतोको श्रीमती अं. वर्ष २५ की सुमित्रा देवी महतो, महोत्तरी बर्दिबास न.पा.७ बस्ने धर्मदेव महतोको श्रीमती अं. वर्ष ३९ की कमला कुमारी महतो ,निजकै छोरा अं. वर्ष १४ को आशिष कुमार महतोको, धनुषा क्षिरेश्वरनाथ न.पा.५ बस्ने सुशान्त साहको श्रीमती अं. वर्ष २७ की चन्दा देवी साह, सर्लाही मलंगवा न.पा.१२ बस्ने वर्ष ४५ की जतारन महतो , वर्ष ६५ की सखिया महतो , धनुषा सबैला न.पा.२ बस्ने अं. वर्ष ३८ को हरी शंकर साह, सर्लाही लालबन्दी न.पा. ५ बस्ने अं. वर्ष २४ की रेनुका गौतम, कबिलासी न.पा.३ बस्ने अं. वर्ष २३ की मुनिका कुमारी शर्मा , वर्ष २४ को धिरज कुमार ठाकुर, हरीपुर न.पा.७ बस्ने जगदिश सिंहको श्रीमती अं. वर्ष ३० की बिर्जना सिंह, धनुषा मिथिला न.पा.१ बस्ने श्रवण कुमार महतोको श्रीमती अं. वर्ष ३५ की मन्जु कुमारी महतो, निजकै छोरा अं. वर्ष १० को आशिष कुमार महतो, निजकै छोरा अं. वर्ष ५ को शुसन कुमार महतो घाइते भएका छन । यी घाइतेहरुको उपचार मोडल अस्पताल लालबन्दीमा भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी सर्लाही हरीपुर न.पा.९ बस्ने ओम प्र. चौधरीको श्रींमती अं. वर्ष ४५ की रीता चौधरीको सर्लाही लाईफलाईन हेल्थ केयर नवलपुरमा उपचार भई रहेको छ ।.महोत्तरी बर्दिबास न.पा.१ बस्ने सुर्य प्र. पोख्रेलको छोरी अं. वर्ष ४ की श्रीषा पोख्रेलको शुभस्वतिक अस्पताल बर्दिबासमा उपचार भई रहेको छ भने बसको सह चालक .धनुषा धनुषाधाम न.पा.८ बस्ने अं. वर्ष ४० को बिजय यादवको रिया पोलिक्लिनिक गोदार धनुषामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत बलिष्टर सिंहले जानकारी दिनुुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button