२६ श्रावण २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मन्त्री सिंह द्वारा स्वास्थ्य चौकी किसनपुरको भवन उद्घाटन – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

मन्त्री सिंह द्वारा स्वास्थ्य चौकी किसनपुरको भवन उद्घाटन

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किसनपुरमा स्वास्थ्य चौकी किसनपुरको नव निर्मित भवनको उद्घाटन भएको छ ।नव निर्मित भवनको उद्घाटन आज मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गर्नुभएको छ ।

मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा ८० लाखको लागतमा उक्त भवन निर्माण भएको हो ।

स्वास्थ्य चौकी किसनपुरको पुरानो भवनमा पर्याप्त नहुदा स्वास्थ्य सेवा प्रभावित भईरहेको थियो ।

नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै सबै नागरिकले राज्यलाई कर तिर्ने हुदा सोही कर पुनः समुदायमा आउने गरेको बताउनुभयो । किसनपुरको नागरिकले एम्बुलेन्सको चाहना राखेकोले आफुले सक्दो प्रयास गर्ने बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अनुरुप नै मधेस सरकार अगाडी बढने मन्त्री सिंहले बताउनुभयो ।

उहाले किसनपुर स्वास्थ्य चौकीको कम्पाउण्ड वालको लागि मन्त्रालय बाट बजेट बिनियोजन समेत गरिएको बताउनुभयो ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगरवासीलाई बिपी र सुगर रोगीलाई पुर्ण रुपमा निशुल्क औषधी प्रदान गरिने बताउनुभयो । उहाँले स्थानीय सँग राम्रो व्यवहार गरेर कर्मचारीले सेवा प्रदान गर्दा कार्यलयको विश्वास बढने हुदा सोही अनुरुप सेवा दिन अध्यक्ष महतोले निर्देशन दिनुभयो ।

यस्तै चन्द्रनगर वडा नं २ परतिबजारमा यो वर्ष नै विशेषज्ञ सहितको सुविधा सम्पन्न अस्पताल संचालन गरिने अध्यक्ष महतोले बताउनुभयो ।

अध्यक्ष महतोले अहिलेको व्यवस्था अती नै उतम र संसारकै राम्रो व्यवस्था भएको बताउनुभयो । व्यवस्था फाल्ने हैन यो व्यवस्थामा भएको कमिकमजोरी सुधार गर्नुपर्ने उहाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button